काठमाडौं । जुवातास खेलिरहेका १०७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सुर्खेत, ललितपुर, काभ्रेपलाञ्चोक, धनुषा र सर्लाहीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ मुलपानीचोक बस्ने ३५ वर्षीय सुशिल भारतीको घरमा जुवातास खेलिरहेको अवस्थामा सुशिल समेत १२ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख १ हजार ४ सय ८५ रूपैयाँ सहित पक्राउ गरेको हो ।
यसैगरी सुर्खेतकै वीरेन्द्रनगर नगरपालिका–१० बुलबुले चोकबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१० बस्ने ४० वर्षीय अर्जुन जंग शाही समेत १० जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८१ हजार १ सय रूपैयाँ सहित पक्राउ गरेको हो ।
यसैगरी सुर्खेतकै वीरेन्द्रनगर नगरपालिका–३ गण्डकी लाईनबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–६ बस्ने ५२ वर्षीय मान बहादुर गुरूङ समेत ८ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ७७ हजार ८ सय ५० रूपैयाँ सहित पक्राउ गरेको हो ।
यसैगरी सुर्खेतकै वीरेन्द्रनगर नगरपालिका–६ खोर्केलाईनबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–६ बस्ने ४६ वर्षीय कबिराम विक समेत ११ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २७ हजार ८५ रूपैयाँ र १३ बुक तास सहित पक्राउ गरेको हो ।
ललितपुरको गोदावरी नगरपालिका–१३ झरूवाराशी बस्ने ४५ वर्षीय राम सिंह खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा राम सिंह समेत ९ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५८ हजार ७ सय १५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
यसैगरी ललितपुरको गोदावरी नगरपालिका–१० प्याङगाउँबाट जुवातास खेलिरहेको अवस्थामा महाङ्काल गाउँपालिका–३ बस्ने ३१ वर्षीय सन्तोष तिमल्सिना समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट प्याङगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४० हजार ३ सय ५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
काभ्रेको पाँचखाल नगरपालिका–७ शिखरपुर श्रीरामपाटीस्थित सार्वजनिक प्रतिक्षालयमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–७ श्रीरामपाटी बस्ने ४७ वर्षीय सुवास दनुवार समेत ११ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पाँचखालबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६१ हजार ५ सय ९० रूपैयाँ, १६ थान कौडा र १ बुक तास सहित पक्राउ गरेको हो ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१४ रजौलस्थित साजन टेन्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–१४ बस्ने २८ वर्षीय मनिष कुमार धामी समेत १८ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६१ हजार ६ सय ४४ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
सर्लाहीको मलंगवा नगरपालिका–८ बाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–२ बस्ने ५३ वर्षीय राम बहादुर साह समेत ९ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ७८ हजार ५ सय ६० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
यसैगरी सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–१ बाट जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका–२ बस्ने ४७ वर्षीय सुजित कुमार साह समेत १७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख २० हजार १ सय ७५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।