काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेल निर्वाचित भएका छन् ।
मतगणना अपडेट अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १६ सय ६३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धीका रूपमा रहेका ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन् ।
यस्तै, महाचिवमा पोखरेलले एक हजार २२८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ९९९ मत प्राप्त गरे ।
यस्तो बन्यो एमालेको १९ सदस्यीय पदाधिकारी
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनबाट १९ जना पदाधिकारी निर्वाचित भएका छन् । केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलनै बनाएर चुनावी मैदानमा गएकोमा पदाधिकारीमा १९ मध्ये २ जना मात्र पोखरेल पक्षका विजयी भएका छन् ।
जसमा उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई रहेका छन् । त्यस्तै एमालेको पदाधिकारीमा एक मात्र महिला पदमाकुमारी अर्याल सचिवमा विजयी भएकी छन् ।
एमालेको नवनिर्वाचित पदाधिकारी:
अध्यक्ष
केपी शर्मा ओली
उपाध्यक्ष
पृथ्वीसुब्बा गुरुङ
विष्णु पौडेल
रामबहादुर थापा बादल
गोकर्ण विष्ट
रघुजी पन्त
महासचिव
शंकर पोखरेल
उपमहासचिव
लेखराज भट्ट
रघुवीर महासेठ
योगेश भट्टराई
सचिव
महेश बस्नेत
पद्माकुमारी अर्याल
छविलाल विश्वकर्मा
शेरधन राई
हिक्मतकुमार कार्की
खगराज अधिकारी
यमलाल कँडेल,
राजन भट्टराई
भानुभक्त ढकाल
नयाँ नेतृत्व चयनका लागि २ हजार २६३ प्रतिनिधि चयन भएकोमा २ हजार २२७ मत खसेको थियो । यस अनुसार ९८.२७ प्रतिशत मतदान भएको थियो ।