काठमाडौं । गृहसचिव केदारनाथ शर्माले आज बुधबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन् ।
नेपाल प्रहरी विपद् उद्दार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र, डिजिटल फरेन्सिक ल्याब र डाटा सेन्टरको निरीक्षण गर्न प्रहरी हे्डक्वार्टर पुगेका सचिव शर्माले त्यहाँ उपस्थित प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन समेत दिएका छन् ।
सो क्रममा उनले नेपाल प्रहरी प्रधान कार्यालयको परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गरे भने प्रहरी प्रधान कार्यालय परिसरमा वृक्षारोपण पनि गरेका छन् ।
त्यस अवसरमा गृहसचिव शर्माले भोटेकोशी बाढीमा परी दिवंगत हुनुभएका प्रहरी कर्मचारीहरू एवम् कर्तव्यपालनाको सिलसिलामा वीरगति प्राप्त गर्नुहुने अमर प्रहरीहरू प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै कर्तव्यपालनाका सिलसिलामा घाइते भई जीवन बिताइरहेका सम्पूर्ण प्रहरी कर्मचारीहरूप्रति शीघ्र स्वास्थ्य लाभको कामना गरे ।
निरीक्षण भ्रमणको क्रममा गृहसचिव शर्मासमक्ष नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टले नेपाल प्रहरीको परिचय, संगठनको संरचना एवम् विकासक्रम, प्रहरी जनशक्ति, प्रहरीको इकाईगत सङ्ख्या, नेपाल प्रहरीको भौतिक संरचनाहरू, सख्यात्मक विवरण तथा हालको अवस्था, अस्थायी पोष्टमा कार्यरत र नयाँ स्थापना तथा स्तरवृद्धिको लागि माग भएका इकाईहरू, अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषण, प्रहरी कार्य, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्थापन, अन्तर्राष्ट्रिय समन्वय र सहायता, इन्टरपोल शाखाद्वारा सम्पदित कामहरू, प्राप्त वैदेशिक सहायता, चालु आर्थिक वर्षमा सम्पादित मुख्य कार्यहरू, प्रहरी कारबाही तथा परिचालनमा देखिएका चुनौती र समस्याहरू, भोटेकोशी बाढी सम्बन्धी उद्दार, खोजी तथा राहत वितरणमा नेपाल प्रहरीको योगदान, आगामी कार्यदिशा र अपेक्षा लगायतका विषयमा नेपाल प्रहरीको संस्थागत प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।
हेर्नुहोस् तस्बिरहरू–
-1788972858.JPG)
-1788972857.JPG)
-1788972857.JPG)
-1788972856.JPG)
-1788972853.JPG)
-1788972854.JPG)
-1788972855.JPG)
-1788972856.JPG)
-1788972852.JPG)
-1788972850.JPG)
-1788972850.JPG)