डोटी । डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले वर्षातको समयमा सतर्कता अपनाई सुरक्षित रहन सबैलाई आग्रह गरेकी छन् ।
बिहीबार डोटी जिल्लामा क्रियाशिल गैरसरकारी संघ संस्थाहरु संगको समन्वयात्मक बैठकमा प्रजिअ श्रेष्ठले प्राकृतिक प्रकोपको क्षेत्रमा सबैलाई सहयोग गर्नुका साथै आम नागरिकलाई सचेत रहन आग्रह गरेकी हुन् । उनले भनीन्, 'वर्षातको समय छ प्राकृतीक प्रकोप जहाँ पनि जतिबेला पनि आउन सक्छ त्यसैले डोटी बासी सम्पूर्ण नागरिकलाई आफ्नो सुरक्षाको लागि सचेत रहन आग्रह गर्दछु ।'
स्थानीय सरकारले पनि आफुसंग भएको श्रोत साधनलाई पूर्ण तयारी अवस्था राख्नु पर्ने बताईन् । कुनै ठाउँमा प्राकृतीक प्रकोपका घटनाहरु भईहालेको अवस्थामा तत्कालै जानकारी गराए उद्दारका लागि सुरक्षा निकाय तयारी अवस्थामा रहेको समेत जानकारी गराईन् ।
बैठकमा सहभागिहरुले स्थानीय सरकालले आफ्नो पालिका भित्रको जोखिमपूर्ण स्थानको पहिचान गरी पूर्ण तयारीको अवस्थामा रहनुपर्ने, घटना भईसकेपछि राहात तथा उद्दार कार्य तत्कालै हुनुपर्ने लगाएतका सुझाव दिएका थिए ।
बैठकमा सहभागि विभिन्न संघ संस्थाका प्रमुख प्रतिनीधीहरुले आफुले डोटी जिल्लामा आफुले गरिरहेका कार्यक्रमको बारेमा जानकारी गराउदै प्राकृतिक प्रकोप तथा विपतको समयमा सबैले आ आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
गैरसरकारी संस्था महासंघ डोटी शाखाको समन्वयमा भएको बैठकमा जिल्लामा क्रियाशिल सामुदायीक बिकास केन्द्र, सामुदायीक बिकास मञ्ज, समाज सेवा, बागेश्वरी असल शासन क्लब (बास) नेपाल, वल्र्डभिजन, बाक नेपाल, समान पहुच विकास केन्द्र, सम बिकास केन्द्र, निड्स नेपाल लगाएत एक दर्जन भन्दा संघ संस्थाका प्रमुख एवं प्रतिनीधीहरु रहेका थिए ।