Navigation
  • गृहपृष्ठ
  • फिचर
  • नेपाल प्रहरी
    • इतिहास
    • प्रहरी महानिरीक्षकहरू
    • सम्पर्क नम्बर ( ७७ जिल्ला)
  • सशस्त्र प्रहरी
    • इतिहास
    • सशस्त्र प्रहरी महानिरीक्षकहरू
    • अत्यावश्यक नम्बर
  • नेपाली सेना
    • इतिहास
    • प्रधानसेनापतिहरु
    • अत्यावश्यक नम्बर
  • राष्ट्रिय अनुसन्धान
    • इतिहास
    • मुख्य अनुसन्धान निर्देशकहरू
    • समाचार
  • अन्य
    • ब्लग/विचार
    • मल्टिमिडिया
    • दरखास्त/नतिजासम्बन्धी सूचनाहरु
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • हाम्रो टीम
बिहिवार, माघ १५, २०७७
  •  
  • हाम्रो टीम
Hamro Police
  • गृहपृष्ठ
  • फिचर
  • नेपाल प्रहरी
    • इतिहास
    • प्रहरी महानिरीक्षकहरू
    • सम्पर्क नम्बर ( ७७ जिल्ला)
  • सशस्त्र प्रहरी
    • इतिहास
    • सशस्त्र प्रहरी महानिरीक्षकहरू
    • अत्यावश्यक नम्बर
  • नेपाली सेना
    • इतिहास
    • प्रधानसेनापतिहरु
    • अत्यावश्यक नम्बर
  • राष्ट्रिय अनुसन्धान
    • इतिहास
    • मुख्य अनुसन्धान निर्देशकहरू
    • समाचार
  • अन्य
    • ब्लग/विचार
    • मल्टिमिडिया
    • दरखास्त/नतिजासम्बन्धी सूचनाहरु
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • हाम्रो टीम
प्रविधिमैत्री बन्दै उपत्यकाको ट्राफिक व्यवस्थापन: थप २ स्थानमा ट्राफिक लाईट जडान
मोटर ट्रान्सपोर्ट अफिसर तालिम सुरु
६९ वर्षीया महिलाको हत्या गर्ने दुई जना प्रकाउ
रेड पाण्डाको छालासहित ३ जना पक्राउ
प्रधानमन्त्री ओलीद्वारा नेपाल प्रहरी अस्पतालमा शुभारम्भ भएको कोभिड-१९ खोप केन्द्रको निरीक्षण
ठूलो मात्रामा लागूऔषधसहित ४ जना पक्राउ
६ वर्षीया बालिकालाई भारतमा बिक्री गर्न खोज्ने व्यक्ति पक्राउ
नेपाल प्रहरी अस्पतालमा कोभिड-१९ खोप केन्द्र शुभारम्भ
मोरङमा लागूऔषधसहित युवा-युवती पक्राउ
अपराध/दुर्घटना
  • Home
  • News
  • छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु
64x64
बुधवार, पुष २९, २०७७ सुरक्षा न्युज

काठमाडौं । दोलखा, मोरङ, बर्दिया, बारा, कपिलवस्तु, डोटी र बाग्लुङका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि ८ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार दोलखा बैतेश्वर गाउँपालिका-३ जयनालुस्थित सडकमा बा.१५ च ७८०५ नम्बरको बोलेरोको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने जय बहादुर तामाङका ६ वर्षीय छोरा संगम तामाङको मंगलबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको चरिकोट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी मोरङ कानेपोखरी गाउँपालिका-७ जदाहा मोडस्थित सडकमा को.२ त ६९९७ नम्बरको ट्याक्टरले को.१७ प ४८४५ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही गाउँपालिका-४ बस्ने ३० वर्षीय रोशन गुरुङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मोरङ अस्पताल पथरीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही गाउँपालिका-४ बस्ने ३२ वर्षीय राजकुमार तामाङलाई थप उपचारको लागि न्यूरो अस्पताल विराटनगर रिफर गरिएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी बर्दिया गुलरिया नगरपालिका-५ स्थित सडकमा भे.१ त ५९७३ नम्बरको ट्याक्टरले भे.१ ह ५५७२ नम्बरको अटोलाई मंगलबार साँझ ठक्कर दिँदा अटोमा सवार बारबर्दिया नगरपालिका-३ बानियाभार बस्ने ४५ वर्षीय डगिराम थारूको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य ३ जनामध्ये १ जना उपचारपछि डिस्चार्ज भएका छन् भने २ जनाको सोही अस्पतालमा उपचार भईरहेको छ । दुबै सवारी साधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी बारा माहागढीमाई नगरपालिका-२ भुतही पुलस्थित सडकमा ना.२ त १२५३ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई मंगलबार बेलुका दुर्घटना हुँदा ट्याक्टर चालक रौतहट कटहरिया नगरपालिका-९ बस्ने २५ वर्षीय शुकदेव पासवानको घटनास्थलमै मृत्यु भएको छ ।

यसैगरी कपिलवस्तु बुद्धभूमि नगरपालिका-१ वसन्तपुरमा लु.१० प ७४३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा मोटरसाइकल चालक सोही नगरपालिका-२ गोरुसिंगे थारुगाउँ बस्ने २८ वर्षीय सुरेन्द्र थारु र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २६ वर्षीय टिकाराम थारु रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका सुरेन्द्रको जिल्ला अस्पताल तौलिहवामा र टिकारामको मर्सिसिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी डोटी शिखर नगरपालिका-८ खुनस्थित सडकमा प्रदेश २-०३-००१ स ५४०२ नम्बरको अटो सडकबाट करिब ८० मिटर तल सेती नदीमा खसेर मंगलबार बेलुका दुर्घटना हुँदा अटोमा सवार सोही नगरपालिका-३ आली बस्ने ५३ वर्षीय पदम जोराको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अटोका चालक सोही नगरपालिका-३ बस्ने ४० वर्षीय लोक जोरा समेत ५ जनाको शैलेश्वरी अस्पतालमा उपचार भईरहेकोमा ३ जनालाई थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको छ ।

यसैगरी बाग्लुङ बाग्लुङ नगरपालिका-३ बोक्से खाल्डोस्थित सडकमा ध.१ त ४७१२ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १ सय ५० मिटर तल खसेर मंगलबार राति दुर्घटना हुँदा ट्याक्टर चालक म्याग्दी धवलागिरी गाउँपालिका-७ मुना बस्ने २९ वर्षीय केश बहादुर पुन मगरको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रकाशित मिति: बुधवार, पुष २९, २०७७, १२:०१:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
६९ वर्षीया महिलाको हत्या गर्ने दुई जना प्रकाउ
रेड पाण्डाको छालासहित ३ जना पक्राउ
ठूलो मात्रामा लागूऔषधसहित ४ जना पक्राउ
६ वर्षीया बालिकालाई भारतमा बिक्री गर्न खोज्ने व्यक्ति पक्राउ
अपराध/दुर्घटना
मोरङमा लागूऔषधसहित युवा-युवती पक्राउ
64x64
बुधवार, माघ १४, २०७७ सुरक्षा न्युज
मोरङ बिराटनगर-१६ स्थितबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । पुरा पढ्नुहोस्
अपराध/दुर्घटना
रुकुम पूर्वमा ट्याक्टर दुर्घटना हुँदा सह-चालकको मृत्यु, चालक घाइते
64x64
मगलवार, माघ १३, २०७७ सुरक्षा न्युज
रुकुम पूर्वमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पुरा पढ्नुहोस्
ताजा समाचार
प्रविधिमैत्री बन्दै उपत्यकाको ट्राफिक व्यवस्थापन: थप २ स्थानमा ट्राफिक लाईट जडान बिहिवार, माघ १५, २०७७ 15
मोटर ट्रान्सपोर्ट अफिसर तालिम सुरु
६९ वर्षीया महिलाको हत्या गर्ने दुई जना प्रकाउ
रेड पाण्डाको छालासहित ३ जना पक्राउ
प्रधानमन्त्री ओलीद्वारा नेपाल प्रहरी अस्पतालमा शुभारम्भ भएको कोभिड-१९ खोप केन्द्रको निरीक्षण
ठूलो मात्रामा लागूऔषधसहित ४ जना पक्राउ
६ वर्षीया बालिकालाई भारतमा बिक्री गर्न खोज्ने व्यक्ति पक्राउ
नेपाल प्रहरी अस्पतालमा कोभिड-१९ खोप केन्द्र शुभारम्भ
मोरङमा लागूऔषधसहित युवा-युवती पक्राउ
ब्लग/विचार
पत्रकारिताको फरक कोणमा उदायौं सुरक्षा न्युज
भारतलाई यसरी घेर्दै छ चीन सुरक्षा न्युज
पीडक, पीडित र सामाजिक उत्तरदायित्व सुरक्षा न्युज
अपराध/दुर्घटना
६९ वर्षीया महिलाको हत्या गर्ने दुई जना प्रकाउ बिहिवार, माघ १५, २०७७
रेड पाण्डाको छालासहित ३ जना पक्राउ बिहिवार, माघ १५, २०७७
ठूलो मात्रामा लागूऔषधसहित ४ जना पक्राउ बुधवार, माघ १४, २०७७
अन्तर्राष्ट्रिय सुरक्षा
अमेरिकी संसदमा घाइते एक प्रहरीको मृत्यु
नाइजेरियामा सुरक्षा कारबाही, ९ जनाको मृत्यु
काबुलमा बम विष्फोट: वरिष्ठ अफगान अधिकारीको मृत्यु
सम्पर्क

सुरक्षा न्युज नेटवर्क प्रा.लि.

सम्पादक : लोकनाथ भण्डारी
ठेगाना : बानेश्वर काठमाडौं
सम्पर्क नम्बर : +९७७–९८५१२२२९५०
इमेल : [email protected]
विज्ञापनका लागि : ९८४१४४५३७२, ९८५१२२२९५०
सूचना तथा प्रसारण विभाग दर्ता नं. : ...........
हाम्रो टिम
मेनु
  • हाम्रो बारे
  • फिचर
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • राष्ट्रिय अनुसन्धान
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
© SURAKSHYA NEWS - 2021 All rights reserved.
Web Design by : SoftNEP