झापा । झापाको मेचीनगर नगरपालिका-७ सतिघट्टास्थित सीमा ईलाकाबाट आइतबार एपीएफ टोलीले करीब १७ लाख ४४ हजार रुपैयाँ बराबरको अवैध औषधी बरामद गरेको छ ।
भारतबाट अवैध रुपले ल्याउँदै गरेको अवस्थामा उल्लेखित मूल्य बराबरको ओरियन्स कम्पनीको औषधी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट काँकडभिट्टाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
बरामद औषधी स्थानीय भन्सार कार्यालयमा बुझाइएको एपीएफले जनाएको छ ।