काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले बाढी प्रभावित तीन जिल्लामा १२ वटा अस्थायी बेस स्थापना गरेको छ ।
बाढी प्रभावितहरूको उद्दार कार्यलाइ थप प्रभावकारी बनाउन तीन बेस स्थापना गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
प्राप्त जानकारी अनुसार धादिङमा २, नुवाकोटमा ६ र रसुवामा ४ वटा बेस स्थापना गरिएका छन् । त्यस अन्तर्गत धादिङको मलेखु र गल्छी, नुवाकोटको देवीघाट, कोलोनी, रातमाटे, तारकेश्वर, बेत्रावाती र तारुका तथा रसुवाको त्रिशूली हाइड्रो ३ए, त्रिशूली हाइड्रो ३बी, स्याफ्रुबेशी र बोगटीटारमा बेस स्थापना गरिएको छ ।
त्यसमध्ये धादिङको मलेखु र नुवाकोटको तालकेश्वर बेसमा मेडिकल टोली समेत राखिएको छ । ती बेसहरूमा १५ देखि ३५ जना सम्मको सङ्ख्यामा उद्दार टोली खटाइएको छ भने विशेष तालिमप्राप्त उद्दारक समेत रहेका छन् ।
सशस्त्रको बेसमा कोल्याप्स स्ट्रक्चर सर्च एण्ड रेस्क्यु (सीएसएसआर), मेडिकल फस्ट रेस्पोन्डर (एमएफआर), पढ डग स्वार्ड, ड्रोन, रोप रेस्क्यु डेड बडी म्यानेजमेन्ट, गोताखोर, स्विफ्ट वाटर रेस्क्यु टीम, मास क्याजुअल्टी भेहिकल (एमसीभी) सहितका विशेष टोली परिचालन गरिएको बताइएको छ ।