Navigation
  • गृहपृष्ठ
  • फिचर
  • नेपाल प्रहरी
    • इतिहास
    • प्रहरी महानिरीक्षकहरू
    • सम्पर्क नम्बर ( ७७ जिल्ला)
  • सशस्त्र प्रहरी
    • इतिहास
    • सशस्त्र प्रहरी महानिरीक्षकहरू
    • अत्यावश्यक नम्बर
  • नेपाली सेना
    • इतिहास
    • प्रधानसेनापतिहरु
    • अत्यावश्यक नम्बर
  • राष्ट्रिय अनुसन्धान
    • इतिहास
    • मुख्य अनुसन्धान निर्देशकहरू
    • समाचार
  • अन्य
    • ब्लग/विचार
    • मल्टिमिडिया
    • दरखास्त/नतिजासम्बन्धी सूचनाहरु
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • हाम्रो टीम
मगलवार, माघ ६, २०७७
  •  
  • हाम्रो टीम
Hamro Police
  • गृहपृष्ठ
  • फिचर
  • नेपाल प्रहरी
    • इतिहास
    • प्रहरी महानिरीक्षकहरू
    • सम्पर्क नम्बर ( ७७ जिल्ला)
  • सशस्त्र प्रहरी
    • इतिहास
    • सशस्त्र प्रहरी महानिरीक्षकहरू
    • अत्यावश्यक नम्बर
  • नेपाली सेना
    • इतिहास
    • प्रधानसेनापतिहरु
    • अत्यावश्यक नम्बर
  • राष्ट्रिय अनुसन्धान
    • इतिहास
    • मुख्य अनुसन्धान निर्देशकहरू
    • समाचार
  • अन्य
    • ब्लग/विचार
    • मल्टिमिडिया
    • दरखास्त/नतिजासम्बन्धी सूचनाहरु
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • हाम्रो टीम
सशस्त्रका १६ जना डीएसपी एसपीमा बढुवा सिफारिस, को-को छन् बढुवामा ? [सूचीसहित]
डिआईजी अर्यालद्वारा हिरासतमा किताब कार्यक्रम उद्घाटन
सशस्त्र प्रहरी महानिरीक्षक खनालद्वारा व्यवस्थापन तथा योजना तालिम समापन
औषधी तथा सर्जिकल सामान चोरी गर्ने ४ जना पक्राउ
काठमाडौंमा एटीएम मेसिन ‘फोड्दा फोड्दै’ युवक पक्राउ
२ करोड ३२ लाख रुपैयाँसहित करोडौं ठगी गर्ने ३ जना फरार प्रतिवादी पक्राउ
सोलुखुम्बुमा टिपर दुर्घटना: ३ जनाको मृत्यु
ब्राउनसुगर र ट्याब्लेटसहित ५ जना पक्राउ
अवैधरूपमा काठ ओसारपसार गर्ने ७ जना पक्राउ
व्यक्तित्व / संघर्ष
  • Home
  • News
  • प्रहरीको ‘धर्म’मा अडिग डिएसपी भण्डारी
प्रहरीको ‘धर्म’मा अडिग डिएसपी भण्डारी
64x64
आइतवार, भदौ २९, २०७६ सुरक्षा न्युज

इटहरी । इलाका प्रहरी कार्यालय इटहरीको इञ्चार्जको जिम्मेवारी सम्हालेका प्रहरी नायव उपरिक्षक (डिएसपी) धर्मराज भण्डारी प्रहरी कर्ममा अब्बल मानिन्छन् । प्रहरीको व्यावसायीक ‘धर्म’मा अडिग रहेका उनले इटहरीको जिम्मेवारी पाउनासाथ पेन्डिङमा रहेका कतिपय प्रकरणको फाइल खुल्न सक्ने बताइसकेका छन् ।

डिएसपी भएपछि पहिलो पटक इञ्चार्जसीप लिएका भण्डारी यसअघि इन्स्पेक्टर हुँदा पनि इञ्चार्ज थिए । जहाँ उनले निक्कै सफलताका साथ काम गरिसकेका छन् । त्यसबेला दाङको ईलाका प्रहरी कार्यालय भालुवाङ, ईलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देही, महानगरीय प्रहरी प्रभाग कोटेश्वर काठमाडौंमा रहेर काम गरेका थिए ।

‘पूर्वमा पहिलो पटक आएको हुँ । यहाँको अवस्था जानकारी लिने क्रममा छु । जटिल रहेका र खोजीनीति हुन बाँकी रहेका मुद्दालाई पनि अध्ययन गरिरहेको छु’, भण्डारी भन्छन्,‘जनताको चासो र चर्चामा रहेका न्याय नपाएका कतिपय मुद्दालाई अनुसन्धान गर्न सकिए फाइल पल्टाउने योजना पनि छ ।’

भण्डारीले जिम्मेवारी पाएका प्रायः सबै ठाउँमा प्रभावकारीताका साथ काम गरेका छन् । इटहरी निक्कै जटिल ठाउँ रहेका कारणले नै प्रहरी महानिरिक्षक (आईजी) सर्वेन्द्र खनालले भण्डारीलाई यहाँ पठाएको चर्चा छ ।

जिल्ला प्रहरी कार्यालय दाङ, महानगरीय प्रहरी बृत कालीमाटी, जिल्ला प्रहरी कार्यालय बारा, महानगरीय प्रहरी बृत्त महाराजगन्ज, जिल्ला प्रहरी कार्यालय सल्यान, जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कुशलताका साथ काम गरेका भण्डारीले कार्यकौशलता प्रस्तुत गर्ने प्रहरीमा चर्चा छ ।

दाङ, बारा र रुपन्देही मा रहदा दर्जनौं जटिल मुद्दाको सफल अनुसन्धान गर्न सफल भण्डारी हालका आइजी सर्वेन्द्र खनाल नारायणी अञ्चलको प्रहरी प्रमुख हुँदा उनी जिल्ला प्रहरी कार्यालय बारामा थिए । प्रहरी महानिरिक्षक सचिवालयका एक अधिकारी भन्छन्,‘आईजी खनालको स्पिरिटमा काम गर्न सक्ने दक्षता उनमा रहेका कारण नै इटहरीको जिम्मेवारी पाएका हुन् ।’

इटहरीको पोस्टिङ् पाउन प्रहरी अधिकारीहरुको चर्को चलखेल हुन्छ । नेताकोमा धाउनेसम्म हुन्छ । तर डीएसपी भण्डारी व्यावसायीक अधिकृत भएकोले सुरक्षा चुनौती र अपराधको ट्रेण्डको गाम्भियर्तालाई मध्यनजर गरेर आइजी खनालले इटहरीको जिम्मेवारी दिएको प्रहरी मुख्यालयमा चर्चा छ ।

डिएसपी बढुवा भएपछी संयुक्त राष्ट्रसंघीय मिसन अन्तर्गत सुडान गएका उनी पछिल्लो समय जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत थिए । रुपन्देहीमा कार्यरत रहदा उनको नेतृत्वमा सयौं जटिल मुद्दाको सफल अनुसन्धान भएको थियो ।

‘संगठनको जिम्मेवारी र अपराध अनुसन्धान हाम्रो कर्तव्य नै हो’, भण्डारी भन्छन्,‘संगठनले खटाएको ठाउँमा काम गर्नु, सकेसम्मको इफोर्ट लगाउनु मेरो धर्म पनि हो ।’


प्रकाशित मिति: आइतवार, भदौ २९, २०७६, ०४:०९:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शैलेश शैली
नयाँ आईजी थापाका अनपेक्षित संयोगका अर्थ
थापाको नेतृत्वकालमा शालीन प्रहरीको परिकल्पना गर्न सकिने आधार
अनिल-शर्मिलाको भाग्यमानी जोडी, जो एकैदिन डीएसपी बढुवामा परे
व्यक्तित्व / संघर्ष
भालुवाङ एम्बुसपछि बोनसको जीवन
64x64
शनिवार, भदौ १४, २०७६ सुरक्षा न्युज
आजभोली सशस्त्र प्रहरी बलको साक्षरता र त्यसप्रति आम मानिसको आकर्षण देख्दा सनतकुमार बस्नेतलाई सपना जस्तो लाग्छ । कुनै बेला परिवारका सदस्य, साथीभाईलगायतले सेना छाडेर सशस्त्र जानु हुन्न भन्दा उनले आफूलाई ‘कन्भिन्स’ गरे । त्यसपछि जीवन संगिनीलाई । अरुका कुरा माध्यमिक ठाने, आफ्ना निर्णय प्राथमिक बनाएपछि सशस्त्र प्रहरीमा जाने निधो गरे, सैनिक अधिकृतबाट । पुरा पढ्नुहोस्
व्यक्तित्व / संघर्ष
‘अच्यूत’ अनुभव : जसका थाप्लामा कप्तानीमात्र जुर्‍यो
64x64
शुक्रवार, भदौ १३, २०७६ सुरक्षा न्युज
नेपाल प्रहरीका सदाबहार महानिरीक्षक जस्ता देखिन्छन्, संगठनका हरेक गतिविधिलाई नजिकबाट नियालिरहेका हुन्छन्– अच्यूतकृष्ण खरेल । पुरा पढ्नुहोस्
ताजा समाचार
सशस्त्रका १६ जना डीएसपी एसपीमा बढुवा सिफारिस, को-को छन् बढुवामा ? [सूचीसहित] सोमवार, माघ ५, २०७७ 290
डिआईजी अर्यालद्वारा हिरासतमा किताब कार्यक्रम उद्घाटन
सशस्त्र प्रहरी महानिरीक्षक खनालद्वारा व्यवस्थापन तथा योजना तालिम समापन
औषधी तथा सर्जिकल सामान चोरी गर्ने ४ जना पक्राउ
काठमाडौंमा एटीएम मेसिन ‘फोड्दा फोड्दै’ युवक पक्राउ
२ करोड ३२ लाख रुपैयाँसहित करोडौं ठगी गर्ने ३ जना फरार प्रतिवादी पक्राउ
सोलुखुम्बुमा टिपर दुर्घटना: ३ जनाको मृत्यु
ब्राउनसुगर र ट्याब्लेटसहित ५ जना पक्राउ
अवैधरूपमा काठ ओसारपसार गर्ने ७ जना पक्राउ
ब्लग/विचार
पत्रकारिताको फरक कोणमा उदायौं सुरक्षा न्युज
भारतलाई यसरी घेर्दै छ चीन सुरक्षा न्युज
पीडक, पीडित र सामाजिक उत्तरदायित्व सुरक्षा न्युज
अपराध/दुर्घटना
औषधी तथा सर्जिकल सामान चोरी गर्ने ४ जना पक्राउ सोमवार, माघ ५, २०७७
काठमाडौंमा एटीएम मेसिन ‘फोड्दा फोड्दै’ युवक पक्राउ सोमवार, माघ ५, २०७७
२ करोड ३२ लाख रुपैयाँसहित करोडौं ठगी गर्ने ३ जना फरार प्रतिवादी पक्राउ सोमवार, माघ ५, २०७७
अन्तर्राष्ट्रिय सुरक्षा
अमेरिकी संसदमा घाइते एक प्रहरीको मृत्यु
नाइजेरियामा सुरक्षा कारबाही, ९ जनाको मृत्यु
काबुलमा बम विष्फोट: वरिष्ठ अफगान अधिकारीको मृत्यु
सम्पर्क

सुरक्षा न्युज नेटवर्क प्रा.लि.

सम्पादक : लोकनाथ भण्डारी
ठेगाना : बानेश्वर काठमाडौं
सम्पर्क नम्बर : +९७७–९८५१२२२९५०
इमेल : [email protected]
विज्ञापनका लागि : ९८४१४४५३७२, ९८५१२२२९५०
सूचना तथा प्रसारण विभाग दर्ता नं. : ...........
हाम्रो टिम
मेनु
  • हाम्रो बारे
  • फिचर
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • राष्ट्रिय अनुसन्धान
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
© SURAKSHYA NEWS - 2021 All rights reserved.
Web Design by : SoftNEP