Navigation
  • गृहपृष्ठ
  • फिचर
  • नेपाल प्रहरी
    • इतिहास
    • प्रहरी महानिरीक्षकहरू
    • सम्पर्क नम्बर ( ७७ जिल्ला)
  • सशस्त्र प्रहरी
    • इतिहास
    • सशस्त्र प्रहरी महानिरीक्षकहरू
    • अत्यावश्यक नम्बर
  • नेपाली सेना
    • इतिहास
    • प्रधानसेनापतिहरु
    • अत्यावश्यक नम्बर
  • राष्ट्रिय अनुसन्धान
    • इतिहास
    • मुख्य अनुसन्धान निर्देशकहरू
    • समाचार
  • अन्य
    • ब्लग/विचार
    • मल्टिमिडिया
    • दरखास्त/नतिजासम्बन्धी सूचनाहरु
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • हाम्रो टीम
बुधवार, बैशाख ८, २०७८
  •  
  • हाम्रो टीम
Hamro Police
  • गृहपृष्ठ
  • फिचर
  • नेपाल प्रहरी
    • इतिहास
    • प्रहरी महानिरीक्षकहरू
    • सम्पर्क नम्बर ( ७७ जिल्ला)
  • सशस्त्र प्रहरी
    • इतिहास
    • सशस्त्र प्रहरी महानिरीक्षकहरू
    • अत्यावश्यक नम्बर
  • नेपाली सेना
    • इतिहास
    • प्रधानसेनापतिहरु
    • अत्यावश्यक नम्बर
  • राष्ट्रिय अनुसन्धान
    • इतिहास
    • मुख्य अनुसन्धान निर्देशकहरू
    • समाचार
  • अन्य
    • ब्लग/विचार
    • मल्टिमिडिया
    • दरखास्त/नतिजासम्बन्धी सूचनाहरु
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • हाम्रो टीम
इन्स्पेक्टर मन्दिप चौहान सर्वोत्कृष्ट प्रहरी घोषित
१ वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिने तयारी
‘लापरबाही बढ्दै गए लकडाउन’
नेपाल-भारत सीमा ३२ घण्टा सिल हुने
आफ्नै भाउजुको हत्या गरेर प्रहरी कार्यालयमा पुगेपछि...
भारतीय नोटसहित एक जना पक्राउ
यसरी हुन्छ नेपालबाट भारततर्फ मदिरा तस्करी
दाउन्ने बस दुर्घटना: घाइतेमध्ये ३ जनाको मृत्यु
बैतडीमा बालकको हत्या, एक जना पक्राउ
नेपाल प्रहरी
  • Home
  • News
  • डीआईजी सरुवाको तयारी, सिआईबीमा को ?
डीआईजी सरुवाको तयारी, सिआईबीमा को ?
64x64
शनिवार, चैत्र २१, २०७७ सुरक्षा न्युज

काठमाडौं । गृहमन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुको सरुवाको गृहकार्य थालेको छ ।

हाल प्रदेश प्रहरी प्रमुख रहेका सात र केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) का डीआईजीको एकबर्षे कार्यकाल करिब पूरा हुन लागेपछि नेपाल प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालयले सरुवाको गृहकार्य शुरु गरेको स्रोतको भनाइ छ ।

गृह मन्त्रीस्तरीय निर्णयनुसार गत बर्ष २०७७ बैशाखमा एसएसपीबाट डीआईजीमा बढुवा भएका आठ डीआईजीहरुलाई प्रदेश प्रहरी प्रमुख र केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) मा पदस्थापन गरिएको थियो ।

अहिले केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) मा सहकुलबहादुर थापा, एक नम्बर प्रदेश प्रहरी प्रमुखमा ईश्वरबाबु कार्की, दुई नम्बर प्रदेशमा धिरजप्रताप सिंह, बागमती प्रदेशमा बसन्तकुमार लामा, गण्डकी प्रदेशमा घनश्याम अर्याल, लुम्बिनी प्रदेशमा रवीन्द्र बाहदुर धानुक, कर्णाली प्रदेशमा बसन्तकुमार पन्त र सुदुरपश्चिम प्रदेशमा उत्तमराज सुवेदीले नेतृत्व गरिरहेका छन् ।

गृह मन्त्रालयसम्बद्ध उच्च स्रोतका अनुसार सिआईबीमा कार्यरत सहकुलबहादुर थापाको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत अरुणकुमार बिसिको एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा सरुवा गर्ने तयारी गरिएको बुझिएको छ । स्रोतका अनुसार सिआइबीका डीआईजी सहकुल थापाले पनि बिराटनगर जाने इच्छा देखाएका छन् । यदि थापाको एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा सरुवा भए डीआईजी अरुणकुमार बिसिलाई बागमती प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी दिइने पक्कापकी जस्तै भएको स्रोत बताउँछ ।

त्यस्तै दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरमा डीआईजी दिवेश लोहनीलाई पठाउने तयारी गरिएको छ भने गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा डीआईजी प्रकाशजंग कार्कीको सरुवा हुने बुझिएको छ ।

त्यस्तै लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी डीआईजी गणेशबहादुर ऐरलाई दिने गृहको तयारी छ । लुम्बिनी प्रदेश जान डीआईजी मुकुन्द आचार्य पनि शक्तिकेन्द्रतिर दौडधुपमा लागेको स्रोतको दाबि छ । एसपी हुँदा दाङको प्रहरी प्रमुखको जिम्मेवारीमा काम गरिसकेका ऐरको लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलसंग सुमधुर सम्बन्ध रहेको र गृहमन्त्रालयमा समेत राम्रो पकड भएको कारण लुम्बिनी प्रदेश प्रमुखको जिम्मेवारी उनैले पाउने सम्भावना बलियो छ ।

त्यसैगरी कर्णाली प्रदेशमा डीआईजी डा. देवबहादुर बोहरालाई पठाउने गृहको तयारी रहेको बुझिएको छ । बोहराको अन्यत्र सरुवा भए कर्णाली प्रदेशमा डीआईजी रामकृपाल साहलाई पठाउने तयारी गरिएको छ । उता सुदुरपश्चिम प्रदेशको लागि डीआईजीहरु उमेश रन्जितकार, डा. देवबहादुर बोहरा र प्रकाश अधिकारी र मुकुन्द आचार्यको नाम समेत चर्चामा छ ।

यता संघीय प्रहरीको आकर्षण पोस्टिङ् मानिने केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) मा सरुवा हुन धेरै डीआईजीहरुले इच्छा देखाएका छन् । सिआईबीको लागि डीआईजीहरु धिरजप्रताप सिंह, उत्तमराज सुवेदी, बसन्तकुमार लामा र रवीन्द्र बहादुर धानुकको नाम चर्चामा छ । चर्चित ललितानिवास जग्गा प्रकरणको अनुसन्धान नसकिएको कारण सिआईबीको प्रमुखमा प्रधानमन्त्री केपी शर्मा ओलीले चाहेको डीआईजी जाने बुझिएको छ ।

 

 


प्रकाशित मिति: शनिवार, चैत्र २१, २०७७, ०२:०४:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
इन्स्पेक्टर मन्दिप चौहान सर्वोत्कृष्ट प्रहरी घोषित
आफ्नै भाउजुको हत्या गरेर प्रहरी कार्यालयमा पुगेपछि...
डीआईजी अर्यालको प्रमुख आतिथ्यमा हाउस वाईरिङ तालिम सम्पन्न
ट्राफिक प्रहरीको सफलता: चोरी भएका २६ वटा मोटरसाइकल फेला पारी धनीलाई हस्तान्तरण
नेपाल प्रहरी
नुवाकोटमा प्रहरी चौकी तोडफोड, दुई जना प्रहरी घाइते
64x64
बुधवार, बैशाख १, २०७८ सुरक्षा न्युज
नुवाकोटको देवघाटस्थित प्रहरी चौकीमा एक समूहले तोडफोड गर्दै दुई प्रहरीलाई घाइते बनाएका छन् । पुरा पढ्नुहोस्
नेपाल प्रहरी
आफ्नो निजी स्वार्थ सिद्ध गर्न कुनैपनि आर्थिक अपार्दशिताका गतिविधि नगर्न आईजीपीको निर्देशन
64x64
बुधवार, बैशाख १, २०७८ सुरक्षा न्युज
प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले नेपाल प्रहरी संगठनले अंगिकार गरेका नीति तथा कार्य-योजनाहरुको कार्यान्वयन गरी नतिजामुखी कार्यसम्पादनतर्फ उन्मुख हुनुपर्ने बताउँदै सांगठनीक मुल्य मान्यताहरुको विपरित रहि आफ्नो निजी स्वार्थ सिद्ध गर्न कुनैपनि आर्थिक अपार्दशिताका गतिविधिहरु नगर्न समेत निर्देशन दिएका छन् । पुरा पढ्नुहोस्
ताजा समाचार
इन्स्पेक्टर मन्दिप चौहान सर्वोत्कृष्ट प्रहरी घोषित मगलवार, बैशाख ७, २०७८ 431
१ वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिने तयारी
‘लापरबाही बढ्दै गए लकडाउन’
नेपाल-भारत सीमा ३२ घण्टा सिल हुने
आफ्नै भाउजुको हत्या गरेर प्रहरी कार्यालयमा पुगेपछि...
भारतीय नोटसहित एक जना पक्राउ
यसरी हुन्छ नेपालबाट भारततर्फ मदिरा तस्करी
दाउन्ने बस दुर्घटना: घाइतेमध्ये ३ जनाको मृत्यु
बैतडीमा बालकको हत्या, एक जना पक्राउ
ब्लग/विचार
पत्रकारिताको फरक कोणमा उदायौं सुरक्षा न्युज
भारतलाई यसरी घेर्दै छ चीन सुरक्षा न्युज
पीडक, पीडित र सामाजिक उत्तरदायित्व सुरक्षा न्युज
अपराध/दुर्घटना
भारतीय नोटसहित एक जना पक्राउ आइतवार, बैशाख ५, २०७८
दाउन्ने बस दुर्घटना: घाइतेमध्ये ३ जनाको मृत्यु आइतवार, बैशाख ५, २०७८
बैतडीमा बालकको हत्या, एक जना पक्राउ आइतवार, बैशाख ५, २०७८
अन्तर्राष्ट्रिय सुरक्षा
भारतको छत्तीसगढमा नक्सलवादीद्वारा २२ सुरक्षाकर्मीको हत्या
इन्डोनेसियाको इसाई गिर्जाघरमा आत्मघाती आक्रमण, कम्तीमा १४ जना घाइते
अमेरिका र दक्षिण कोरियाको सैन्य अभ्यासप्रति उत्तर कोरियाको आपत्ति
सम्पर्क

सुरक्षा न्युज नेटवर्क प्रा.लि.

सम्पादक : लोकनाथ भण्डारी
ठेगाना : बानेश्वर काठमाडौं
सम्पर्क नम्बर : +९७७–९८५१२२२९५०
इमेल : [email protected]
विज्ञापनका लागि : ९८४१४४५३७२, ९८५१२२२९५०
सूचना तथा प्रसारण विभाग दर्ता नं. : ...........
हाम्रो टिम
मेनु
  • हाम्रो बारे
  • फिचर
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • राष्ट्रिय अनुसन्धान
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
© SURAKSHYA NEWS - 2021 All rights reserved.
Web Design by : SoftNEP