Navigation
  • गृहपृष्ठ
  • फिचर
  • नेपाल प्रहरी
    • इतिहास
    • प्रहरी महानिरीक्षकहरू
    • सम्पर्क नम्बर ( ७७ जिल्ला)
  • सशस्त्र प्रहरी
    • इतिहास
    • सशस्त्र प्रहरी महानिरीक्षकहरू
    • अत्यावश्यक नम्बर
  • नेपाली सेना
    • इतिहास
    • प्रधानसेनापतिहरु
    • अत्यावश्यक नम्बर
  • राष्ट्रिय अनुसन्धान
    • इतिहास
    • मुख्य अनुसन्धान निर्देशकहरू
    • समाचार
  • अन्य
    • ब्लग/विचार
    • मल्टिमिडिया
    • दरखास्त/नतिजासम्बन्धी सूचनाहरु
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • हाम्रो टीम
मगलवार, माघ ६, २०७७
  •  
  • हाम्रो टीम
Hamro Police
  • गृहपृष्ठ
  • फिचर
  • नेपाल प्रहरी
    • इतिहास
    • प्रहरी महानिरीक्षकहरू
    • सम्पर्क नम्बर ( ७७ जिल्ला)
  • सशस्त्र प्रहरी
    • इतिहास
    • सशस्त्र प्रहरी महानिरीक्षकहरू
    • अत्यावश्यक नम्बर
  • नेपाली सेना
    • इतिहास
    • प्रधानसेनापतिहरु
    • अत्यावश्यक नम्बर
  • राष्ट्रिय अनुसन्धान
    • इतिहास
    • मुख्य अनुसन्धान निर्देशकहरू
    • समाचार
  • अन्य
    • ब्लग/विचार
    • मल्टिमिडिया
    • दरखास्त/नतिजासम्बन्धी सूचनाहरु
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • हाम्रो टीम
सशस्त्रका १६ जना डीएसपी एसपीमा बढुवा सिफारिस, को-को छन् बढुवामा ? [सूचीसहित]
डिआईजी अर्यालद्वारा हिरासतमा किताब कार्यक्रम उद्घाटन
सशस्त्र प्रहरी महानिरीक्षक खनालद्वारा व्यवस्थापन तथा योजना तालिम समापन
औषधी तथा सर्जिकल सामान चोरी गर्ने ४ जना पक्राउ
काठमाडौंमा एटीएम मेसिन ‘फोड्दा फोड्दै’ युवक पक्राउ
२ करोड ३२ लाख रुपैयाँसहित करोडौं ठगी गर्ने ३ जना फरार प्रतिवादी पक्राउ
सोलुखुम्बुमा टिपर दुर्घटना: ३ जनाको मृत्यु
ब्राउनसुगर र ट्याब्लेटसहित ५ जना पक्राउ
अवैधरूपमा काठ ओसारपसार गर्ने ७ जना पक्राउ
फिचर
  • Home
  • News
  • बेहुली लिन जाँदा यो हाल !
बेहुली लिन जाँदा यो हाल !
64x64
मगलवार, जेठ १३, २०७७ सुरक्षा न्युज

रुकुम । जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक तीन वर्षदेखि प्रेमसम्बन्धमा रहेकी रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीकी १७ वर्षीया मल्ल थरकी युवतीसँग विवाह गर्न चाहन्थे । उनी शनिबार राति १९ जना साथी लिएर दुलही ल्याउन सोती गएका थिए ।

केटी पक्षबाट पटक–पटक मानसिक रूपमा तनाव र शारीरिक रूपमा कुटपिट व्यहोरेका नवराज जब युवतीको घर नजिकै पुगे, युवतीले भन्दा उनकी आमाले चाँडै थाहा पाइन् ।

त्यसपछि उनले ‘जति पिटाइ खाए पनि केही लागेन है, फेरि आइस् आज त मारेर फालिन्छ’ भन्दै गाउँका मानिसलाई बोलाएपछि दुलही लिन गएका युवामाथि कुटपिट शुरु भएको घाइते युवा आशिष विकले बताए । कुटपिट शुरु हुँदै गर्दा आफूहरु भागेर करिब चार किलोमिटर दूरी पार गरेको आशिषको भनाइ छ ।

लखेटी-लखेटी भेरी नदीसम्म पुर्‍याउँदा धेरै साथी घाइते भएको उनको दाबी छ । नवराजको शनिबार नै मृत्यु भयो भने ज्यान बचाउन नदीमा हामफालेकामध्ये चौरजहारी नगरपालिका-१ टीकाराम सुनार र भेरी नगरपालिका–४ का गणेश बुढाको पानीमै डुबेर मृत्यु भयो । कुटाइबाट घाइते भएकाहरु पानीमा पौडिन नसक्नेहरुको मृत्यु भएको बताउँछन् । भेरी नगरपालिकाका सन्दीप विक, लोकेन्द्र सुनार र गोविन्द शाही अहिले पनि बेपत्ता छन् ।

घाइते युवा सरोज भँडेल भन्छन्, ‘हामी आधा घण्टासम्म सडकमा दैडिरहेका थियौं । सडक तेर्सो भएकाले मारिने डर भएपछि नदीमा हामफालेका थियौँ । आफूहरुले नदीमा हामफाले पनि ढुङ्गामुढा गर्न छाडिएन । प्रहरी आएपछि हामीलाई पक्राउ गरेपछि बल्ल हामी सुरक्षित भएको महसुस भयो ।’

नवराजका बाबुका अनुसार ती युवती पुसमा दुईपटक नवराजको घरमा आएकी थिइन् । नवराजका बुवाले यो अन्तरजातीय कुरा भएकाले सम्भव छैन भनी पठाइदिएका थिए । उनले भने ‘यो विवाह ठीक छैन भनेर मैले पटक–पटक भनेको थिएँ । दुईपटक प्रहरीकहाँ उहाँहरुले आफैं उजुरी गर्दा छलफलमा जाँदा उहाँहरु आफैं छलफलमा नआउँदा हामी फर्किएका थियौँ ।’

घटनामा दोषी रहेको आरोपमा रुकुम प्रहरीले चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ललगायत १२ जनालाई पक्राउ गरिएको जाजरकोटका प्रहरी नायब उपरीक्षक (डिएएपी) किशोर श्रेष्ठले बताए । घटनामा संलग्न अन्यको खोजी भइरहेको छ ।

मृतक तीनै जनाको शव भेरी नदी किनारमा भेटिएको थियो । अन्यको खोजीकार्य जारी रहेको छ । मृतक युवकको शव जाजरकोट अस्पतालमा राखिएको छ । घटनालाई ढाकछोप गर्न खोजिएको भन्दै आफन्तले शवको परीक्षण गर्न दिएका छैनन् ।

घटनामा परेर भेरी नगरपालिकाका सुदीप खड्का, मदन शाही, सरोज भँडेल, आशिष विकलगायत १२ घाइते भएका छन् । खड्का र शाहीको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ भने अन्य सामान्य उपचारपछि घर फर्केका छन् ।

रुकुमपश्चिमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठकबहादुर केसीले दुवै जिल्लाका प्रहरीबीच समन्वय गरेर अनुसन्धान पनि जारी रहेको बताए ।

प्रतिनिधिसभा सदस्य सत्य पहाडीले घटनाको न्यायिक छानविन गर्न माग गरेकी छन् । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल प्रहरीलगायत सम्बन्धित निकायले तदारुकताका साथ घटनाको अनुसन्धान गरिरहेको भन्दै उचित छानबिन गरी दोषीमाथि कारबाही हुने विश्वास व्यक्त गरेका छन् । रासस

 


प्रकाशित मिति: मगलवार, जेठ १३, २०७७, ११:०५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुदूरपश्चिममा सेना, प्रहरीकै रगतले जोगिन्छ स्थानीयवासीको ज्यान
भुइँमै सुत्छन् कैदीबन्दी
रोकिएन बालविवाह
सङ्कटमा विद्यालय भयो प्रहरीको सारथी
फिचर
बन्दाबन्दीका प्रहरी : “दूरी कायम गर्न निकै गाह्रो”
64x64
शनिवार, बैशाख २०, २०७७ सुरक्षा न्युज
“सामाजिक दूरी कायम गरेर काम गर्न प्रहरीलाई निकै गाह्रो छ , आफन्तहरु नै बरु लडेको मान्छे उठाउन जाँदैनन् तर प्रहरी आएर उद्धार गरोस् भन्छन् ”, कास्की, पोखराका प्रहरी हवलदार गौतम श्रेष्ठले भने, “केही दिनअघि एक मान्छे लडेको खबर आयो, मुखबाट रगत आइरहेको थियो तर उनलाई उठाउन कोही गएनन्, प्रहरीले नै उठाउनुप¥यो, भीडभाडबाट जोगिन र आफूलाई सुरक्षित राख्न निकै मुश्किल छ , प्रहरीको कर्तव्यले आफ्नो सुरक्षालाई नै बिर्साउँछ ।” पुरा पढ्नुहोस्
फिचर
सास्ती खेपेर पनि सीमामा खटिएका छन् सुरक्षाकर्मी
64x64
शनिवार, बैशाख २०, २०७७ सुरक्षा न्युज
कोरोना भाइरसका कारण देश बन्दाबन्दीको अवस्थामा छ । सबै सीमानाका बन्द छन् भने देशभित्र पनि आवागमनमा सरकारले रोक लगाएको छ । पुरा पढ्नुहोस्
ताजा समाचार
सशस्त्रका १६ जना डीएसपी एसपीमा बढुवा सिफारिस, को-को छन् बढुवामा ? [सूचीसहित] सोमवार, माघ ५, २०७७ 292
डिआईजी अर्यालद्वारा हिरासतमा किताब कार्यक्रम उद्घाटन
सशस्त्र प्रहरी महानिरीक्षक खनालद्वारा व्यवस्थापन तथा योजना तालिम समापन
औषधी तथा सर्जिकल सामान चोरी गर्ने ४ जना पक्राउ
काठमाडौंमा एटीएम मेसिन ‘फोड्दा फोड्दै’ युवक पक्राउ
२ करोड ३२ लाख रुपैयाँसहित करोडौं ठगी गर्ने ३ जना फरार प्रतिवादी पक्राउ
सोलुखुम्बुमा टिपर दुर्घटना: ३ जनाको मृत्यु
ब्राउनसुगर र ट्याब्लेटसहित ५ जना पक्राउ
अवैधरूपमा काठ ओसारपसार गर्ने ७ जना पक्राउ
ब्लग/विचार
पत्रकारिताको फरक कोणमा उदायौं सुरक्षा न्युज
भारतलाई यसरी घेर्दै छ चीन सुरक्षा न्युज
पीडक, पीडित र सामाजिक उत्तरदायित्व सुरक्षा न्युज
अपराध/दुर्घटना
औषधी तथा सर्जिकल सामान चोरी गर्ने ४ जना पक्राउ सोमवार, माघ ५, २०७७
काठमाडौंमा एटीएम मेसिन ‘फोड्दा फोड्दै’ युवक पक्राउ सोमवार, माघ ५, २०७७
२ करोड ३२ लाख रुपैयाँसहित करोडौं ठगी गर्ने ३ जना फरार प्रतिवादी पक्राउ सोमवार, माघ ५, २०७७
अन्तर्राष्ट्रिय सुरक्षा
अमेरिकी संसदमा घाइते एक प्रहरीको मृत्यु
नाइजेरियामा सुरक्षा कारबाही, ९ जनाको मृत्यु
काबुलमा बम विष्फोट: वरिष्ठ अफगान अधिकारीको मृत्यु
सम्पर्क

सुरक्षा न्युज नेटवर्क प्रा.लि.

सम्पादक : लोकनाथ भण्डारी
ठेगाना : बानेश्वर काठमाडौं
सम्पर्क नम्बर : +९७७–९८५१२२२९५०
इमेल : [email protected]
विज्ञापनका लागि : ९८४१४४५३७२, ९८५१२२२९५०
सूचना तथा प्रसारण विभाग दर्ता नं. : ...........
हाम्रो टिम
मेनु
  • हाम्रो बारे
  • फिचर
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • राष्ट्रिय अनुसन्धान
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
© SURAKSHYA NEWS - 2021 All rights reserved.
Web Design by : SoftNEP