काठमाडौं । विभिन्न जिल्लाहरूबाट सङ्कलित बेवारिसे तथा पहिचान नखुलेका शव एवम् शरिरका अङ्गहरूको उचित व्यवस्थापन गर्दै स्वास्थ्यमा हुन सक्ने सङ्क्रमण तथा जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले नेपाल प्रहरीले प्रभवाकारी शव व्यवस्थापनको कार्यलाई अगाडि बढाएको छ ।
सङ्कलित शवहरूको संख्या बढ्दै गइरहेको र शवहरू सड्न सुरू भइसकेको कारण सङ्क्रमण तथा महामारी फैलिन सक्ने जोखिम औँल्याएका हुँदा सोही जोखिमलाई ध्यानमा राख्दै शवहरू थप बिग्रन नदिन र दुर्गन्ध नियन्त्रण गर्न प्रहरीले शव व्यवस्थापन प्रक्रियालाई तीव्र पारेको छ ।
चितवनमा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार पहिचान नभएका शवहरूको व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइसकेको छ । अन्य जिल्लामा समेत सोही अनुरूप शव व्यवस्थापनको कार्यलाई अवलम्बन गरिएको छ ।
हालसम्म रसुवामा १३ जना, नुवाकोटमा ४१ जना, धादिङमा ४९ जना, चितवनमा २ सय ४८ जना, गोरखामा ५४ जना, तनहुँमा ३१ जना, नवलपरासी पूर्वमा १ सय ५८ जना र नवलपरासी पश्चिममा ७५ जनाको गरी जम्मा ६ सय ६९ जनाको शव फेला परेको छ ।
बेवारिसे तथा पहिचान नखुलेका शव व्यवस्थापनको प्रक्रिया के के हो ?
१. विभिन्न माध्यमबाट प्राप्त सूचनाका आधारमा तथा सुरक्षा निकायबाट खोजतलास एवं उद्धार कार्य सञ्चालन गरी नदी किनार, खोल्सा तथा अन्य स्थानबाट फेला परेका शव तथा शवका अवशेषहरू आवश्यक सावधानीपूर्वक सङ्कलन गरिएको ।
२. शव फेला परेको स्थानमा आवश्यक लासजाँच मुचुल्का लगायतका कानूनी प्रक्रिया पूरा गरी शवलाई सुरक्षित रूपमा म्भबम द्ययमथ द्यबन मा राखी अस्पतालको शव गृहमा सुरक्षित राखिएको ।
३. फोरेन्सिक डक्डरको उपस्थितिमा शवलाई आवश्यकता अनुसार सफा गरी पहिचान खुल्न सक्ने गरी अगाडि, पछाडि, दायाँ, बायाँ तथा पहिचान जन्य अंग/चिह्नहरू देखिने विभिन्न कोणबाट फोटो खिची सुरक्षित राखिएको तथा आवश्यक पोस्टमार्टम परीक्षण गरिएको ।
४. पोस्टमार्टम पश्चात शवहरूलाई शव पहिचानका लागि सुरक्षित रूपमा राखिएको तथा सर्वसाधारणलाई शव पहिचान गर्न सहज होस् भन्ने उद्देश्यले शवका फोटो तथा उपलब्ध पहिचान सम्बन्धी विवरणहरू प्रदर्शन गरिएको ।
५. फोटो वा अन्य माध्यमबाट शव पहिचान भएको जानकारी प्राप्त भई नागरिकहरू हेल्प डेस्कमा सम्पर्कमा आएमा उपलब्ध शवका थप फोटो, हुलिया, कपडा तथा घटनास्थल लासजाँच मुचुल्कामा उल्लेखित विवरणका आधारमा आवश्यक सनाखत तथा कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित आफन्तलाई शव बुझाउने गरिएको ।
६. पहिचान खुल्न नसकेका शवहरूको हकमा प्रत्येक शवलाई छुट्टाछुट्टै सङ्केत/कोड नम्बर प्रदान गरी शवको फोटो, हुलिया, पहिचानजन्य चिह्न, कपडा तथा साथमा फेला परेका सामग्री लगायतका विवरण व्यवस्थित रूपमा अभिलेख राखिएको तथा भविष्यमा आवश्यक परेमा पहिचान गर्न सकिने गरी डीएनए नमूना सङ्कलन गरी सुरक्षित संरक्षण गर्ने व्यवस्था गरिएको ।
७. पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३ बमोजिम जमिनमुनि व्यवस्थापन गर्नुपर्ने शवहरूको सम्बन्धमा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार गरिएको ।
८. निर्धारित स्थानमा शवहरूलाई सम्मानजनक तथा सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गर्दा प्रत्येक शवको सङ्केत/कोड नम्बर जमिनमुनि तथा माथि राखी, शव व्यवस्थापन गरिएको स्थानको जीपीएस लोकेशन, फोटो अभिलेख, नक्सा सहितको विस्तृत विवरण तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण विवरण अभिलेखीकरण गरिएको ।
९. जमिनमुनि व्यवस्थापन गरिएका प्रत्येक शवको फोटो, डीएनए नमूना, सङ्केत नम्बर, हुलिया, सनाखतसम्बन्धी विवरण, पोस्टमार्टम रिपोर्ट, लासजाँच मुचुल्का, व्यवस्थापन मिति तथा स्थानको विवरण सुरक्षित राखिने जसबाट भविष्यमा कुनै परिवार/आफन्तले आफ्नो सदस्यको रूपमा दाबी गरेमा उपलब्ध वैज्ञानिक तथा कानूनी प्रमाणका आधारमा पहिचान गर्न सहयोग पुग्नेछ ।
१०. बेवारिसे तथा पहिचान नखुलेका शवहरूको विवरण नेपाल प्रहरीको अफिसियल बेवसाइटको पहिचान नखुलेको शवहरूको विवरण आइकनबाट हेर्न सकिनेछ ।
-1788062421.jpeg)
-1788062421.jpeg)
-1788062420.jpeg)
-1788062420.jpeg)
-1788062419.jpeg)
-1788062419.jpeg)
-1788062418.jpeg)
-1788062419.jpeg)
-1788062418.jpeg)
-1788062417.jpeg)
-1788062417.jpeg)
-1788062416.jpeg)
-1788062416.jpeg)
-1788062414.jpeg)
-1788062414.jpeg)
-1788062413.jpeg)