काठमाडौं । नेपाल प्रहरी श्रीमती संघको ४२औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।
बिहीबार महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आयोजित विशेष समारोहबीच वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा संघले वर्षभरी गरेका सामाजिक मानव कल्याणकारी एवम् परोपकारी कार्यहरूका साथै अन्य विविध समसामायिक विषयहरूमा आधारित लेख रचनाहरू समेटेर प्रकाशित वार्षिक स्मारिका ‘सहचरी २०८३’ विमोचन गरिएको छ ।
साथै, ‘सेवा नै धर्म हो’ भन्ने आदर्शलाई आत्मसात् गर्दै निस्वार्थ सेवाभावले सामाजिक सेवाको विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको समाजसेवी एवम् प्रारम्भिक बाल विकास केन्द्रका संस्थापक अध्यक्ष पुष्पा बस्नेत, केआईएन इन्डियाका निर्देशक नविन जोशी, पारा तेक्वान्दो राष्ट्रिय खेलाडी पलेशा गोवर्धन, प्रहरी जवान सहाना बोहरा र राष्ट्रिय बक्सिङ खेलाडी प्रहरी कार्यालय सहयोगी नरिका राईलाई सम्मानपत्र प्रदान गरिएको थियो ।
समारोहमा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनेहरूलाई कदरपत्र तथा सामाजिक सेवाको क्षेत्रमा प्रशंसनीय एवम् उल्लेखनीय कार्य गर्ने व्यक्तिहरू, प्रहरी कर्मचारीहरू तथा विद्यार्थीहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
समारोहमा संघकी अध्यक्ष नविना खत्री कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्दै संघले आफ्नो स्थापनाकालदेखि हालसम्म सेवा, समर्पण र सामाजिक उत्तरदायित्वलाई आफ्नो मुल आधार बनाउँदै प्रहरी परिवारको हितका साथै सामाजिक हितका लागि निरन्तर योगदान पुर्याउँदै आइरहेको बताइन् । संघले आगामी दिनमा सेवाको दायरालाई फराकिलो बनाउँदै प्रहरी परिवारको हितका साथै सामाजिक रूपान्तरण तथा महिला सशक्तिकरणको अभियानमा अझ प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्ने उनको भनाइ थियो ।
यस्तै, नेपाल प्रहरी श्रीमती संघकी सचिव वरूणा थपलियाले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरूद्वारा सहचरी गीत प्रस्तुत गगरिएको थियो । विभिन्न कलाकारहरूद्वारा साँस्कृतिक नृत्य तथा गीति नाटक प्रस्तुत गरिएको थियो । सो अवसरमा संघले स्थापना कालदेखि हालसम्म गर्दै आएका सामाजिक मानवीय तथा लोककल्याणकारी गतिविधिहरूका साथै संघ तथा प्रदेशद्वारा गरिएका विविध कार्यक्रम तथा गतिविधि समेटिएको वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो ।
समारोहमा निजामती कर्मचारी श्रीमती संघकी अध्यक्ष, सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्षलगायत संघका पूर्व अध्यक्षहरू तथा पदाधिकारीहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरू, सञ्चारकर्मीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू एवम् आमन्त्रित अतिथिहरूको समेत उपस्थिति रहेको थियो ।
-1787328544.jpeg)
-1787328544.jpeg)
-1787328543.jpeg)
-1787328541.jpeg)
-1787328541.jpeg)
-1787328539.jpeg)