काठमाडौं । विपदीय घटना कति वेला आउँछ भन्ने कुरा पुर्वानूमान गर्न सकिंदैन तर त्यबाट हुने क्षती न्युनिकरणक गर्न, सुरक्षित हुने उपायहरूबारेमा बेलैमा जानकारी लिन सकिन्छ ।
अझै विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई आकस्मिक रूपमा हुने विपदीय घटनाको सम्बन्धमा जानकारी दिने, सुरक्षित हुने तौर तरिका सिकाउने र सो सम्बन्धी अभयस्त हुन प्रशस्त अभ्यास गराउन जरुरी छ ।
नेपाल प्रहरी स्कुल शान्तिपुर चितवनले शैक्षिक सत्रको सुरूवातमानै आफ्नो विद्यालयमा अध्यरत विद्यार्थी, कार्यरत शिक्षक कर्मचारीहरूलाई विपदीय घटनाबाट हुनसक्ने क्षति न्यूनीकरणको सम्बन्धमा प्रशिक्षण प्रदान गरेको छ ।
आकस्मिक रूपमा हुन सक्ने विपदीय घटना जस्तै भूकम्प, आगलागी, चट्याङ, हावाहुरी आउँदा के कसरी सुरक्षित हुने, शिक्षक एवम् कर्मचारीहरूले उल्लेखित समयमा के कसरी कार्य गर्ने जस्ता विषयमा नमूना अभ्यास समेत गरेर सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको हो ।
अभ्यासको क्रममा भूकम्प आएको एउटा काल्पनिक घटना सृजना गरी अध्ययरत विद्यार्थीहरूलाई कक्षा कोठामा हुँदा के कसरी सुरक्षित हुने, कक्षामा भएका शिक्षकहरूले के कस्तो भूमिका हुने, विद्यालयको सुरक्षित हुने स्थान छनौट गर्ने, सुरक्षित स्थान सम्म कसरी जाने, कुन कक्षाको विद्यार्थी कहाँ जम्मा हुनेलगायत विषयमा शिक्षक, विद्यार्थी एवम कार्यरत कर्मचारीहरूलाई अभ्यास गराइएको थियो ।
अभ्यासको क्रममा घाइते विद्यार्थीको उपचार, खोजतलास, अन्य निकायसँग समन्वय जस्ता विषयमा समेत शिक्षक कर्मचारीका साथै विद्यार्थीहरूलाइ समेत अभ्यस्त बनाइएको थियो ।
नेपाल प्रहरीको विपद व्यवस्थापनसँग सम्बन्धित कार्यालयका दक्ष प्रशिक्षक, स्वास्थ्यकर्मी, विद्यायमा कार्यरत सुरक्षाकर्मी समेतको सहयोगमा विपदीय घटनाको सम्बन्धमा पूर्वतयारीको अभ्यास गरिएको हो । अभ्यासपश्चात शैक्षिक सत्रभरि विद्यालय सञ्चालन हुँदा कुनै प्रकारको आकस्मिक विपदीय घटना भएमा कुन शिक्षक कर्मचारीहरूले के कस्तो भूमिका निर्वाह गर्ने भन्ने बारेमा आजैदेखि जिम्मेवारी समेत प्रदान गरिएको विद्यालयका समादेशक प्रनि रोशन थापाले जानकारी दिए ।
नेपाल प्रहरी स्कुल शान्तिपुर चितवनले शैक्षिक सत्रको सुरूवात भएकै दिन घर जस्तै सेवा परिवार जस्तै हेरचाह भन्ने मूल नाराका साथ आफ्ना सम्पूर्ण विद्यार्थीहरूको स्वास्थ्य जाँचको कार्यक्रम समेत सम्पन्न गरेको थियो ।
अभिभावकहरूलाई सुरक्षा, शिक्षा, अनुशासन र सामाजिकताप्रति प्रतिवद्धता राखेर नियमित पठनपाठन गरिरहेको नेपाल पुलिस स्कुल शान्तिपुर चितवनले विद्यार्थीहरूलाई पठनपाठनबाहेका अन्य विविध गतिविधिमा सहभागी गराउँदै आएको समादेशक थापाले बताए ।
तस्बिरहरू हेर्नुहोस्–









