विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले जिल्ला प्रहरी कार्यालय सोलुको निरीक्षण भ्रमण गरेका छन् ।
आज भएको निरीक्षण भ्रमणको क्रममा उनले कार्यालय, सम्पूर्ण शाखाहरूको निरीक्षण भ्रमण गरे ।
त्यस अवसरमा कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन पनि दिएका छन् । निर्देशनको क्रममा उनले सङ्गठनको हितलाई प्राथमिकतामा राखेर आफूलाई प्राप्त जिम्मेवारी इमान्दार र अनुशासित तवरबाट निर्वाह गरी नागरिकको सेवामा सदैव तल्लिन रहनु पर्ने बताएका छन् ।
विश्वको सर्वोच्च शिखर सगरमाथाले परिचित नेपालको सोलुखुम्बुमा भ्रमणको लागि आउनेप र्यटकहरुलाई सुरक्षित साथ निर्धक्क भ्रमण गरी फर्कने वातावरण बनाउन प्रहरीले मुख्य भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।
-1762970368.JPG)
समाजमा आम नागरिक र प्रहरीबीचको सम्बन्ध सुमधुर बनाई कुनै पनि आपराधिक घटनाहरु घट्न नदिनका लागि ग्रामीण भेगका बस्तीहरुमा छोटो तथा लामो दूरीको प्रहरी गस्ती परिचालन गर्न तथा जनचेतनाको कमिबाट हुने घटना दुर्घटना न्यूनीकरण गर्न सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्न समेत निर्देशन दिएका छन् ।
सोलुखुम्बु जस्तो दूरदराज पहाडी र हिमाली जिल्लामा सीमित स्रोतसाधनको वावजुद पनि निरन्तररुपमा नागरिकहरुमा विश्वासिलो प्रहरी सेवा प्रदान गर्दै आइरहेकोमा सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई सेवाका लागि धन्यवाद व्यक्त गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुको पिरमार्का र समस्याहरुको सुनुवाई समेत गरेका थिए ।
निरीक्षण भ्रमणको क्रममा कोशी प्रदेश प्रहरी गण विराटनगरका प्रमुख प्रहरी उपरीक्षक रुकेश तण्डुकार समेतको उपस्थिति थियो ।