काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङ्गले उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कृत र प्रहरीलाई सहयोग गर्ने सर्वसाधारणलाई सम्मान गरेका छन् ।
७०औँ प्रहरी दिवस २०८२ का अवसरमा आज शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरू एवम् प्रहरीलाई सहयोग पुर्याउने विभिन्न व्यक्तिहरूलाई सम्मानपत्र, कदरपत्र तथा पुरस्कार प्रदान गरेका हुन् ।
सो अवसरमा महानिरीक्षक खापुङले उत्कृष्ट अनुसन्धानकर्ताको विभिन्न विधातर्फ प्रहरी निरीक्षक प्रकाश थापा, प्रहरी निरीक्षक अच्युत गिरी, प्रहरी निरीक्षक रबि घिमिरे, प्रहरी निरीक्षक सरस्वती कार्की, प्रहरी वरिष्ठ नायव निरीक्षक लेखनाथ आचार्य, प्रहरी वरिष्ठ नायव निरीक्षक रमेश कार्की, प्रहरी नायव निरीक्षक पदम शेर्पा, प्रहरी सहायक निरीक्षक अमिर श्रेष्ठ र प्रहरी सहायक हवल्दार कुमार बस्नेतलाई प्रशंसापत्र प्रदान गरे ।

यस्तै्र, उत्कृष्ट ट्राफिक प्रहरीतर्फ प्रहरी निरीक्षक राजेश सिलवाल, उत्कृष्ट सामुदायिक प्रहरीतर्फ प्रहरी नायव निरीक्षक अशोक कार्की, उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापनतर्फ प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठ र प्रहरी सहायक निरीक्षक ज्ञान बहादुर खड्का तथा उत्कृष्ट व्यावसायिक आचरणतर्फ प्रहरी उपरीक्षक बासुदेव पाठकलाई प्रशंसापत्र प्रदान गरे ।
यसैगरी, उत्कृष्ट विपद व्यवस्थापनको कार्य गर्ने प्रहरी निरीक्षक सञ्जीब बोगटी, प्रहरी सहायक निरीक्षक उत्तम बहादुर भुजेल, प्रहरी सहायक निरीक्षक दिपक पुन, प्रहरी हवल्दार अख्तर मिया र प्रहरी जवान रोशना थापा, उत्कृष्ट प्रहरी कार्यतर्फ प्रहरी नायव उपरीक्षक मधु कुमार थापा, प्रहरी नायव उपरीक्षक खगेन्द्र बहादुर खड्का, प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेत, प्रहरी निरीक्षक शेरबहादुर बस्नेत, प्रहरी निरीक्षक अजय जंग थापा, प्रहरी वरिष्ठ नायव निरीक्षक विजय राज खनाल, प्रहरी नायव निरीक्षक गौरव कुमार दास र प्रहरी सहायक हवल्दार दिपक राईलाई खापुङले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका छन् ।
उत्कृष्ट आन्तरिक तथा बाह्य प्रशिक्षकतर्फ प्रहरी निरीक्षक जमुना जोशी, प्रहरी जवान गणेश राना मगर र प्रहरी जवान दुर्गा थापा, उत्कृष्ट प्राविधिक प्रहरी पुरस्कारतर्फ प्रहरी वरिष्ठ उपरीक्षक डा. आशिष दत्त, प्रहरी उपरीक्षक हरि डंगोल, प्रहरी नायव उपरीक्षक मोहन सिंह धामी, प्रहरी निरीक्षक ई. रितोष राय, प्रहरी वरिष्ठ नायव निरीक्षक शान्ति शाक्य, प्रहरी नायव निरीक्षक सन्तोष लामा, प्रहरी सहायक निरीक्षक राम बहादुर परियार(दमाई), प्रहरी सहायक निरीक्षक विद्या घले, प्रहरी हवल्दार भरत कुँवर र प्रहरी सहायक हवल्दार सुजन कार्कीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

यसैगरी, उत्कृष्ट प्रहरी खेल प्रशिक्षक/खेलाडी पुरस्कारतर्फ प्रहरी जवान शान्तिकला तामाङ, उत्कृष्ट प्रहरी विद्यालय शिक्षक पुरस्कारतर्फ नेपाल प्रहरी विद्यालय धरान सुनसरीमा कार्यरत सागर कार्कीलाई सम्मानपत्र, पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ भने नेपाल प्रहरी स्मारक गुठीका दुई जना आजीवन सदस्यहरूलाई पनि कदरपत्र प्रदान गरियो ।
यसैगरी, प्रहरी महानिरीक्षक खापुङले नेपाल प्रहरीको काम, कारबाही तथा अनुसन्धानमा सहयोग पुर्याउने काठमाडौं नरेफाँटका द्रोणजंग श्रेष्ठलाई सम्मानपत्र प्रदान गरे । साथै उनले नेपाल प्रहरीसम्बन्धी उत्कृष्ट लेख रचनातर्फ भक्तपुर गठ्ठाघरका राजेश मान केसी र प्रहरी वरिष्ठ नायव निरीक्षक बिष्णु थापालाई नगद पुरस्कार तथा कदरपत्र प्रदान गरे ।
साथै, उनले नेपाल प्रहरीलाई नि:शुल्क जग्गा प्रदान गर्ने मोरङ विराटनगर महानगरपालिका–६ का तोरण कार्की र धनकुटा पाख्रिवास–८ का समन्त भद्र थापालाई कदरपत्र प्रदान गरेका छन् । नेपाल प्रहरीलाई भौतिक संरचना लगायत निर्माणमा महत्वपूर्ण सहयोग गर्ने संस्था तथा सर्वसाधारणलाई समेत कदरपत्र प्रदान गरिएको छ ।
यो पनि पढ्नुहोस्–
प्रहरी महानिरीक्षक खापुङद्वारा विक र अधिकारीलाई दर्ज्यानी चिह्न प्रदान
आईजीपी खापुङद्वारा ‘कफी टेबल बुक’ लोकार्पण