काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले लागूऔषध दुर्व्यसनरहित घर अभियानसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङको प्रमुख आतिथ्यतामा आज बुधबार उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
-1753898464.jpg)
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा सञ्चालित लागूऔषध विरूद्धको महाअभियानअन्तर्गत काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र नागार्जुन नगरपालिकाको आयोजना एवम् सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र इचँगुनारायणको सहकार्यमा नागार्जुन नगरपालिकाको सभाहलमा उक्त सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक तामाङ र नागार्जुन नगरपालिकाका कार्यवाहक प्रमुख सुशीला अधिकारीबीच लागूऔषधविरूद्ध आपसी सहयोग, समन्वय र सहकार्यसम्बन्धी समझदारीपत्र आदान प्रदानसमेत भएको थियो ।
-1753898464.jpg)
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले लागूऔषध नियन्त्रण तथा न्यूनीकरण गर्न जनचेतनाको ठूलो महत्व रहेको चर्चा गर्दै लागूऔषध रहित समाज निर्माण गर्न प्रहरी, स्थानीय निकाय, नागरिक समाज र अन्य सरोकारवाला निकायहरूले आपसी समन्वय, सहकार्य तथा दायित्व बोध गरी अगाडि बढ्नुपर्ने बताए ।
कार्यक्रममा नागार्जुन नगरपालिकाका कार्यवाहक प्रमुख सुशीला अधिकारीले यस कार्यक्रमले लागूऔषध नियन्त्रण तथा न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।
-1753898461.jpg)
कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र इचँगुनारायणका अध्यक्ष प्रताप दानीले आ–आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।्
नागार्जुन नगरपालिकाका प्रवक्ता एवम् नागार्जुन नगरपालिका–५ का वडा अध्यक्ष महेश रिमालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शालिग्राम शर्मा पौडेलले लागूऔषधको परिचय, वर्गीकरण, असरहरू, लागूऔषध ओसारपसार र सेवनको तथ्याङ्क, कानूनी प्रावधान लगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए ।
-1753898460.jpg)
लागूऔषधसम्बन्धी सचेतनामूलक भिडिओ प्रस्तुत गरिएको उक्त कार्यक्रममा लागूऔषध दुव्र्यसन रहित घर अभियानको स्टिकर समेत सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा नागार्जुन नगरपालिकाका जनप्रतिनिधि तथा पदाधिकारीहरू, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र इचँगुनारायणका पदाधिकारीहरू, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारीहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति थियो ।
-1753898457.jpg)
-1753898456.jpg)
-1753898453.jpg)
-1753898453.jpg)