काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आज नागरिकको सुरक्षा र विपद् उद्वारलगायत कार्यमा सशस्त्र प्रहरी बल प्रतिबद्ध रहेको बताएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित ‘वरिष्ठ अधिकृत सम्मेलन–२०८२’ को समापन समारोहलाई सम्बोधन गर्दै उनले आम नागरिकको सुरक्षा, विपद् उद्वार लगायतका कार्यमा थप प्रभावकारी कार्यको प्रतिवद्धता व्यक्त गरेका हुने ।
सम्मेलन नतिजामुखी बनाउने र संगठनको समसामयिक बिषयमा छलफल भएको तथा प्रतिबद्धतालाई कर्ममा बदल्दै राज्यले दिएको जिम्मेवारी पूरा गर्न संगठन लागिरहेको उनले बताए । फिल्डमा नतिजामुखी कार्यका लागि मातहतलाई निर्देशन दिँदै उनले राजस्व सङ्कलनमा थप निर्मम् हुन जरुरी रहेकोमा जोड दिए । -1750942713.JPG)
केही दिनअघि पूर्वी नवलपरासीमा मध्यरातमा गरिएको उद्धार कार्यमा खटिएका नं. ३१ गुल्मका सबै सुरक्षाकर्मीलाई आन्तरिक रुपमा पुरस्कृत गरिएको पनि उनले जानकारी दिएका छन् ।
कार्यक्रममा गृहमन्त्रालय नीति योजना अनुगमन तथा मुल्यांकन महाशाखाका सह–सचिव आनन्द काफ्लेले राजस्व चुहावट नियन्त्रण, सशस्त्र प्रहरी बलको भौतिक पूर्वाधार निर्माण तथा श्रोतसाधन लगायतका बिषयमा जानकारी गराएका थिए ।
असार ११ र १२ गते संचालन भएको सम्मेलनमा विशेष गरी सीमा सुरक्षा र विपद् व्यवस्थापन लगायतका विषयमा भौतिक तथा भर्चुअल माध्यमबाट छलफल भएको थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, गृह मन्त्रालय सुरक्षा तथा समन्वय महाशाखाका सह–सचिव रामचन्द्र तिवारी, प्रशासन महाशाखाका सह–सचिव छवि रिजाल, सशस्त्र प्रहरी बलका बरिष्ठ अधिकृत तथा भर्चुअल माध्यमबाट प्रदेशस्थित बाहिनी मुख्यालयका वरिष्ठ अधिकृतहरुको समेत उपस्थिति थियो ।
यो पनि पढ्नुहोस्–
सशस्त्र प्रहरीलाई मनसुनजन्य विपद्का लागि तयारी अवस्थामा रहन गृहमन्त्री लेखकको निर्देशन