काठमाडौं । गृहमन्त्री रमेश लेखकले सीमाको सुरक्षा गर्ने जिम्मेवार महत्त्वपूर्ण भएको बताएका छन् ।
सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हलचोकमा आयोजित वरिष्ठ अधिकृतको सम्मेलन २०८२ को समापन समारोहमा गृहमन्त्री लेखकले सशस्त्र प्रहरीले मातृभूमि रक्षा गरिरहेको बताए ।
हाइड्रोपावरका साथै विभिन्न उद्योगहरुमा राज्यले सुरक्षा दिने भए पनि खर्च भने सम्बन्धि उद्योगले व्यहोर्नुपर्ने व्यवस्था गर्ने तयारी भइरहेको गृहमन्त्री लेखकले बताए । नागरिक तहमा सशस्त्र प्रहरीप्रति भरोस बढिरहेको उनको भनाइ छ । -1750942713.JPG)
सशस्त्र प्रहरी बलका लागि गृह मन्त्रालय गम्भीर रहेको भन्दै आधारभूत आवश्यक पूरा गर्न लागि पर्ने गृहमन्त्री लेखकको भनाइ छ । मन्त्रालयबाट नीतिगत र कानुन मार्गदर्शन गर्ने काम हुने भन्दै सशस्त्र प्रहरीको काम कारबाहीमा कुनै हस्तक्षेप नरहने उनले बताए ।
साथै सशस्त्र प्रहरीलाई मनसुनजन्य विपद्का लागि तयारी अवस्थामा रहन गृहमन्त्री लेखकको निर्देशन दिए । उनले भने– ’जिम्मेवारी लिएपछि जवाफदेही हुनुपर्छ । सबै प्रदेशका सशस्त्र प्रहरीको प्रमुखले राजस्व चुहावट र विपदको जोखिम न्यूनीकरण र व्यवस्थापनमा केन्द्रित हुनुहोला ।’
राजस्व चुहावटमा नियन्त्रण देखिने गरि काम गर्न गृहमन्त्री लेखकले सशस्त्र प्रहरीलाई निर्देशन दिए ।
कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले यो सम्मेलनका छलफल, निचोड लगायतका बिषयमा उठेका कुराहरुमा समन्वय र सहकार्यका लागि मन्त्रालय क्रियाशील रहेको बताए । उनले संगठनप्रति मन्त्रालयको भरोसा रहेको र अझ प्रभावकारी कार्य सम्पादनको अपेक्षा मन्त्रालयको रहेको बताए ।
विपद् व्यवस्थापनका लागि उपकरण लगायतमा सबै तहको सामुहिक साझेदारी रहेकोमा जोड दिँदै उनले संगठनको वृत्तिविकासका लागि मन्त्रालयको साथ, सहयोग र समन्वय रहिरहने बताउनुभयो ।