काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा ६ जना मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार ओखलढुङ्गा सिद्दिचरण नगरपालिका-७ टोड्के बस्ने ४० वर्षीया मिना कुमारी श्रेष्ठ सिद्दिचरण नगरपालिका-७ स्थित टोड्के सामुदायिक जंगलमा सोमबार मृत अवस्थामा फेला परेकी छन् । घरबाट कसैलाई नसोधी हिडेकी उनको खोजी गर्ने क्रममा सोही जगंलमा शव फेला परेको हो ।
यसैगरी झापा अर्जुनधारा नगरपालिका-६ बिहानी टोल डेरा गरी बस्ने सोही नगरपालिका-१० घर भएकी ४५ वर्षीया साबित्रा बिक आफ्नै डेराबाट करिब १ सय मिटर टाढा बाटो छेउमा सोमबार मृत अवस्थामा फेला परेकी छन् ।
यसैगरी लमजुङ सुन्दरबजार नगरपालिका-७ तल्लोबजारस्थित झिगेखोलाको झाडीमा सोही ठाउँ बस्न ५२ वर्षीय रामचन्द्र ढुंगाना सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी मोरङ केराबारी गाउँपालिका-८ खदम खोलामा सोही गाउँपालिका-१० बस्ने ४० वर्षीय धन बहादुर निरौला सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी रुपन्देही बुटवल उपमहानगरपालिका-१५ मैहिना पथस्थित नालामा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी कास्की पोखरा महानगरपालिका-१४ मझेरी खोलास्थित ढुङ्गामा हाल नाम, थर, वतन नखुलेका करिब २७ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।