काठमाडौं । धनुषा, सुनसरी, चितवन, तनहुँ र कैलालीका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार धनुषा धनुषाधाम नगरपालिका-४ गोहियाही टोलमा खेत जोत्ने क्रममा प्रदेश २-०२२-००१ त १५०५ नम्बरको ट्याक्टर पल्टिदा ट्याक्टर चालक गणेशमान चारनाथ नगरपालिका-२ लखनपुर टोल बस्ने २४ वर्षीय ओम कुमार महतोको शुक्रबार दिउँसो मृत्यु भएको छ । ट्याक्टरले च्यापिएर गम्भीर घाइते भएका उनको हरिओम हेल्थकेयर बीरेन्द्रबजारमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी सुनसरी ईनरुवा नगरपालिका-४ स्थित सडकमा स.१० प ४८४० नम्बरको मोटरसाइकललाई को.१ त ८७५७ नम्बरको ट्याक्टरले शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सिरहा लक्ष्मीपुर गाउँपालिका-२ बस्ने २५ वर्षीय लोक नाथ साफीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सिरहा लक्ष्मीपुर गाउँपालिका-२ बस्ने २१ वर्षीय राम सजन साफीको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी चितवन राप्ती नगरपालिका-३ झुरझुरेमा बा.१९ च ७९८६ नम्बरको कारले प्रदेश ३-००३ प ६८८८ नम्बर र प्रदेश ३-००२ प ६४८३ नम्बरका दुई स्कुटरलाई शुक्रबार दिउँसो ठक्कर दिँदा प्रदेश ३-००२ प ६४८३ नम्बरको स्कुटरका चालक चितवन खैरहनी नगरपालिका-१२ बस्ने ३५ वर्षीय राजकुमार अधिकारीको छोरा ५ वर्षीय आरुस अधिकारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका राजकुमार र अर्को स्कुटरमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी तनहुँ भिमाद नगरपालिका-३ सेर्कामा लु.४ प ७२०७ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार घिरिङ गाउँपालिका-१ बस्ने ५३ वर्षीय यदुराज घिमिरेको सोही ट्याक्टरले च्यापिएर मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ट्याक्टर चालक घिरिङ गाउँपालिका-१ बस्ने २८ वर्षीय ऋषि अधिकारीको भिमादस्थित नारायण मेडिकल हल हुँदै थप उपचारको लागि मणिपाल अस्पताल पोखरातर्फ पठाइएको छ ।
त्यस्तै कैलाली कैलारी गाउँपालिका-१ मनाउस्थित भित्री सडकमा से.१ त ३४३४ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा ट्याक्टर चालक सोही ठाउँ बस्ने ३५ वर्षीय अमित कठरियाको मृत्यु भएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।