काठमाडौं । काठमाडौं, भक्तपुर र दाङका विभिन्न स्थानबाट तास खेलिरहेको अवस्थामा १६ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी अनुसार काठमाडौं महानगरपालिका-२६ ठमेल जेपी मोडस्थित होटलमा तास खलिरहेको अवस्थामा होटल संचालक चिनियाँ नागरिक राहदानी नम्बर ई ९९८३३१२३ बहाक HE.XIAOLOMG समेत ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त होटलमा हारजित हुने गरी जुवातास सट्टाबाजी खेली खेलाई रहेको भन्ने बिशेष सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटीएको प्रहरीले उनीहरूलाई नगद १ लाख २३ हजार रूपैयाँ तथा जुवातास खेल्न प्रयोग गरेको विद्युतिय १ थान टेबल, २ सय १० थान प्लाष्टिकको गोटी, १ सय ६० पत्ता तास, २ डिब्बा चिनियाँ लामो तास र खुल्ला अवस्थामा रहेको ७० पत्ता चिनियाँ लामो तास सहित पक्राउ गरेको हो ।
यसैगरी भक्तपुर सुर्यबिनायक नगरपालिका-७ ध्याम्पे डाँडा बस्ने सन्जीब वाग्लेको घ्याम्पे आईएनएन होटलमा तास खेलिरहेको अवस्थामा वाग्ले लगायत ६ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त जगातीबाट खटीएको प्रहरीले उनीहरुलाई नगद ५८ हजार २ सय रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
यसैगरी दाङ तुलसीपुर उपमहानगरपालिका-१० गौरीगाउस्थित झग्गु प्रसाद बुढाथोकीको घरमा तास खेलीरहेको अवस्थामा सोही उपमहानगरपालिका-५ बस्ने ३४ वर्षीय शरण श्रेष्ठ लगायत ५ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उक्त घरमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ४७ हजार १ सय २५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।