काठमाडौं । काठमाडौं महानगरपालिका-६ बौद्ध सिमलटारमा रहेको जुवा खालमा प्रहरीले छापा मारेर २८ जना जुवाडेलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले सिमलटारस्थित वाङचु शेर्पाको साढे तीन तल्ले घरको भुई तलामा जम्मा भएर जुवा/कौडा खेलिरहेको अवस्थामा ८ महिलासहित २८ जना जुवाडेहरुलाई मंगलबार राति पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा जुवा खेलाउने सोही स्थानमा बस्ने ४० वर्षीय लालबहादुर विक, धादिङका मानबहादुर तामाङ, दोलखाका अशोक घिसिङ, बौद्धका रन्जित खड्गी, कुमारीगालका अमरबहादुर गुरुङ, रामहिटीका पुरुषोत्तम चालिसे, बुढानीलकण्ठका दोर्जे शेर्पा, बौद्धका प्रविन लामा, सिन्धुपाल्चोकका वाङचु शेर्पा, रसुवाका प्रकाश घले र कीर्तिपुरका कृष्णचरण विक रहेका छन् ।
यसैगरी बौद्धका रिन्जेन लामा, कपनका पासाङ शेर्पा, जोरपाटीका सम्राट लामा, बौद्धका चन्द्र लामा, मकवानपुरका चिनकुमार गोले, बौद्धका राजन लामा, सिन्धुपाल्चोकका अशोक गिरी, दोलखाका विकास तामाङ र चितवनका जगतबहादुर गुरुङ रहेका छन् ।
यस्तै पक्राउ परेकी महिलाहरु काठमाडौं थलीकी गीता लामा, चितवनकी रेखा गुरुङ, चितवनकै ओममाया गुरुङ, काभ्रे लक्ष्मी घलान बानिया, गौशालाकी सुशीला श्रेष्ठ, धादिङकी सरिता मल्ला गुरुङ, धादिङकै रन्जिता शाक्य र चितवनकी शान्ति लामा रहेकी छन् ।
साथै उनीहरुको साथबाट प्रहरीले १४ लाख ५९ हजार ९ सय नेपाली रुपैयाँ, भारतिय रुपैयाँ ११ हजार ४ सय, १ लाख र ८० हजारको दुई वटा चेक, ३० थान कौडा र १३ थान तासबुक बरामद छ ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।