काठमाडौं । रौतहट, उदयपुर, कास्की, नवलपरासी (पूर्व) र नवलपरासी (पश्चिम) का विभिन्न स्थानबाट अवैध लागूऔषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार रौतहट चन्द्रपुर नगरपालिका-४ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ९ सय ट्याव्लेट सहित सोही नगरपालिका-३ बस्ने ३० वर्षीय राजु कुमर समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय चन्द्रपुर र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीले ना.५८ प ९५४८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी उदयपुर त्रियुगा नगरपालिका-३ मोतिगढाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ सय ५१ ट्याब्लेट, स्पास्मो प्रोक्सिभन ८० ट्याब्लेट, डाईलेक्स डिसी ६ बोतल, नुर्फिन १५ एम्पुल, डाईजेपाम १७ एम्पुल, फेनारगन १२ एम्पुल र नगद १५ हजार ४ सय रुपैयाँ सहित सोही नगरपालिका-३ भुल्के बस्ने ३७ वर्षीय सहिद मियाँलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी उदयपुर बेलका नगरपालिका-७ बस्ने दान बहादुर राईलाई करिब २ केजी ८ सय ५० ग्राम र सोही ठाउँ बस्ने ४० वर्षीय हस्त बहादुर राईलाई ६ सय ९० ग्राम अवैध लागूऔषध गाँजा सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनीहरुको घर तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कास्की पोखरा महानगरपालिका-३० स्थित सडकबाट करिब ७ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोही महानगरपालिका-२९ सैनिक बस्ती बस्ने २५ वर्षीय अनिल आलेलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । सुनौलीबाट पोखरातर्फ आउँदै गरेको ग.१ ख ८९२८ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी नवलपरासी(पूर्व) कावासोती नगरपालिका-१६ चालिसकिलो जंगलस्थित सडकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ११ एम्पुल, नुर्फिन ११ एम्पुल र फेनारगन ११ एम्पुल सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्वत कुश्मा नगरपालिका-१२ बस्ने २४ वर्षीय प्रकाश नेपाली र सोही ठाउँ बस्ने २२ वर्षीय दिपेन्द्र विक रहेका छन् । उक्त स्थानमा ना.७ ख १५२० नम्बरको बसलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी नवलपरासी(पश्चिम) सुस्ता गाउँपालिका-२ सत्तपति चोकबाट नियन्त्रित लागूऔषध स्पास्मो १ हजार ८ सय ७२ क्याप्सुल, ओनोरेक्स ३१ सिसि र नाईट्राभेट १ सय २० क्याप्सुल सहित बर्दघाट नगरपालिका-४ बसपार्क बस्ने १९ वर्षीय अजय मुसहरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कुडियाबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।