ललितपुर । ललितपुर प्रहरीले ३० लाख बढी रकमसहित १७ जुवाडेलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामबहादुर लामा, प्रकाश भण्डारी, लवकुमार बस्नेत, राकेश महर्जन, दिनेश पुडासैनी, हिटलर श्रेष्ठ, अनिल महर्जन, श्रीकृष्ण खड्का, तुलसीराम महर्जन, सानुकान्छा महर्जन, पूर्ण श्रेष्ठ, विनोदप्रसाद घिमिरे, पूर्णमान माली, सानुकान्छा बस्नेत, राम खत्री, विनोद महर्जन र चिरिकाजी महर्जन रहेका छन् ।
जुवातास खेलाइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले १९ बुक तास, १६ थान कौडा, ५ थान क्यारेमको गोटी, १ सय ५० थान सिमीको दाना र नगद ३० लाख ८४ हजार ४ सय रुपैयाँ सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।