काठमाडौं । छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार दाङ तुलसीपुर उपमहानगरपालिका-१८ बिजौरीस्थित चौवाखोलामा लु.५६ प ९८१७ नम्बरको मोटरसाइकलले सोमबार राति ठक्कर दिँदा पैदलयात्री सोही उपमहानगरपालिका-१९ पकरे बस्ने ७५ वर्षीय दिल बहादुर बुढाथोकी मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी झापा गौरीगंज गाउँपालिका-९ बढिधापस्थित सडकमा को.१३ प २०४० नम्बरको मोटरसाइकल सोमबार राति अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका-९ बैगुनधुरा बस्ने ३९ वर्षीय पुरुषोत्तम फुँयालको घटनास्थलमै मृत्यु भएको छ ।
यसैगरी रुपन्देही तिलोत्तमा नगरपालिका-३ शंकरनगरस्थित सडकमा लु. ३० प ८५६९ नम्बरको स्कुटरलाई सोमबार साँझ हाल नम्बर नखुलेको बसले ठक्कर दिँदा स्कुटर चालक बुटवल उपमहानगरपालिका-८ बस्ने २६ वर्षीया पुजा गहतराजको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने बसको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी कञ्चनपुर पुनर्वास नगरपालिका-२ अरनिको बस्तीस्थित सडकमा से. ४ प ५५४६ नम्बरको मोटरसाइकलले सोमबार साँझ ठक्कर दिँदा पैदलयात्री सोही ठाउँ बस्ने ५२ वर्षीया पोदेजोम तामाङ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी चितवन रत्ननगर नगरपालिका-९ स्थित सडकमा ना.५ ख ५६७९ नम्बरको ट्रक र ना.६२ प ८२३० नम्बरको मोटरसाइकल सोमाबर राति ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार धादिङ बस्ने २५ वर्षीया दुर्गा मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई पुरानो मेडिकल कलेज भरतपुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक गोरखा गोरखा नगरपालिका-३ बस्ने २४ वर्षीय प्रबेश अर्यालको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।