काठमाडौं । काठमाडौं, मोरङ, चितवन, महोत्तरी, कास्की र मकवानपुरमा भएका छुट्टाछुटै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-१४ बल्खुमा बा.१६ च २९१५ नम्बरको गाडीले शुक्रबार राति ठक्कर दिँदा पैदलयात्री गोरखा लाकलुङ गाउँपालिका-५ घर भई हाल काठमाडौं कीर्तिपुर बस्ने ५४ वर्षीय काले आले मगरको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका मगरको बयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने गाडी नियन्त्रणमा लिई हाल फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी मोरङ बिराटनगर महानगरपालिका-४ स्थित कंचनबारी नोबेल सडकमा को.१ क २८७८ नम्बरको मिनी ट्रकले को.३१ प २३ नम्बरको स्कुटीलाई शुक्रबार ठक्कर दिंदा घाइते भएका स्कुटी चालक सुनसरी दुहबी नगरपालिका-१२ बस्ने ५० वर्षीय रामफल माझीको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका स्कुटीमा सवार सोही ठाउँ बस्ने २९ बर्षीय कमरुदिन मियाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियण्त्रणमा लिएको छ ।
यसैगरी चितवन रत्ननगर नगरपालिका-३ विद्युत चोकमा ना.६ ख २३९८ नम्बरको टिपरले बा.४१ प ८६४३ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक नुवाकोट बुङताङ बस्ने २५ वर्षीय सुब बहादुर तामाङको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधन र टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी महोत्तरी पिपरा गाउँपालिका-६ भुईयाथानमा प्रदेश २-०२-००३ प २५४३ नम्बरको मोटरसाइकलले शुक्रबार साँझ ठक्कर दिँदा पैदलयात्री बलवा नगरपालिका-१ बन्चौरी बस्ने २६ वर्षीया सुनितादेबी साहको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार लोहारपट्टी नगरपालिका-८ भमरपुरा बस्ने १७ वर्षीय चानरेजा राईनको सोही अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी कास्की पोखरा महानगरपालिका-१७ बिरौटा हिमाली टोलमा ग.८ प ४९१९ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई अनियन्त्रीत भई पुन: सडक किनारा छेउमा मर्मत गर्दै गरेको स्याङ्जा चापाकोट नगरपालिकाको ग.१ झ ३३३ नम्बरको गाडीमा ठक्कर खाई शुक्रवार साँझ दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक स्याङ्जा जगतभञ्ज्याङ बस्ने २१ वर्षीय थमन गुरुङ र ठक्करबाट घाइते भएका पैदलयात्री पोखरा बस्ने ४ वर्षीय आरुष अधिकारीको नमस्ते अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी मकवानपुर पूर्वपश्चिम सडकखण्डस्थित हटौंडा उपमहानगरपालिका-१९ दारिमटारमा ना.५ ख ४६०९ नम्बरको बस अनियन्त्रित भई शनिबार दिउँसो सडक छेउमा पल्टिँदा बसका सहचालक लम्जुङ सुन्दरबजार नगरपालिका-८ बस्ने ३३ वर्षीय हरि गौलीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य ११ जनाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक उद्दार तथा अनुसन्धान गरिरहेको जनाएको छ ।