सुनसरी । सुनसरीको विभीन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।
सुनसरी भोक्राहा नर्सिङ-१ स्थित राजमार्गमा प्रदेश न.२-०१-००१ प १६०७ नम्बरको मोटरसाइकलले पैदल यात्री ६५ बर्षीय सोकील मियालाई ठक्कर दिँदा उनको मृत्यु भएको छ ।
आइतबार बाटो क्रस गर्ने क्रममा मोटरसाइकलले ठक्कर दिएर गम्भिर घाइते भएका सोकीलको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यसैगरी आइतबार साँझ सुनसरी दुहबी कदमगाछी स्थित राजमार्गमा मे१ख २४९८ नम्बरको डिजल बोकेको ट्याङकरले को १७ प ६९८१ नम्बरको मोटरसाइकल लाई ठक्कर दिंद मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ सुन्दरहरैचाका ७० बर्षीय कृष्ण दाहाल रहेको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।
ठक्कर दिने मोटरसाइकल, मोटरसाइकल चालक- सिराहा लहानका १९ को नरेन्द्र कुमार दास र ट्याङकर , ट्याङकर-चालक ईलामका २४ बर्षीय निरस हुमागाई नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यस्तै आइतबार राति सुनसरी भोक्राहानरसिंह-१ खोनिया पुल स्थित राजमार्गमा ना ५ ख ५१०१ नम्बरको ट्रक अनियन्त्रित भई पल्टदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तत्काल नामथर वतन खुल्न नसकेकी ३७/३८ बर्षीया महिला रहेकी जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
उनि ट्रकमै च्याप्पिएर घटनास्थलमै मृत अवस्थामा फेला परेकी थिइन । उनको शव जिल्ला अस्पताल ईनरुवा सुनसरीमा राखीएको छ ।
यता ट्रक चालक सुनसरी लालपुर-४ का ३२ बर्षीय अनुप चौधरी घाइते भएकोमा उनको विराट नर्सीङहोम विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।