काठमाडौं । काठमाडौं, धनुषा, धादिङ, झापा, पर्सा, बाग्लुङ र सिरहा जिल्लाका छुट्टाछुट्टै स्थानमा ७ जान मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौंको टोखा नगरपालिका-४ धापासी डेरा गरी बस्ने म्याग्दी भकिम्ली गाउँपालिका-४ घर भएका ४४ वर्षीय कुल बहादुर पुन आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी धनुषाको लक्ष्मीनियाँ गाउँपालिका-२ सिनरजोरा बस्ने ३७ वर्षीय श्याम सहनी सोही गाउँपालिका-३ स्थित धान खेतमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी धादिङको निलकण्ठ नगरपालिका-७ निबुसरा घर भई सोही नगरपालिका-३ शान्तबजारस्थित औपधी पसल संचालन गर्दै आएकी ४२ वर्षीया अप्सरा पोखरेल सोही नगरपालिका-८ ससाहास्थित माहादेवसरा खोलामा आइतबार मृत अवस्थामा फेला परेकी छिन ।
यसैगरी झापाको दमक नगरपालिका-१० पाँचथरे टोलस्थित बाटोमा श्रृजना टोल बस्ने ६५ वर्षीय तुलाराम ऋषिदेव आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी पर्साको बीरगंज उपमहानगरपालिका-१५ वाईपासस्थित सडक पेटीमा हाल नाम, थर, वतन नखुलेका करिब ६५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी बाग्लुङको निसीखोला गाउँपलिका-६ गुमस्थित बनमा हाल नाम, थर,वतन नखुलेका करिब ६० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी सिरहाको नरहा गाउँपालिका-५ तिलकपुरस्थित चमरटोली बस्ने ६५ वर्षीय कारी महरा घरदेखि १ किमि टाढा बाटो छेउमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।