काठमाडौं । मोरङ, उदयपुर, सिरहा, सप्तरी, चितवन, मकवानपुर र सर्लाहीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मोरङको बेलबारी नगरपालिका-१० स्थित सडकमा को.१७ प ८५३१ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ५० वर्षीय शम्भु दाहालको शुक्रबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी उदयपुरको उदयपुरगढी गाउँपालिका-६ स्थित सडकमा नेपालटारबाट कटारीतर्फ जाँदै गरेको स.८ प ७८६८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७७ वर्षीय मतम बहादुर तामाङको शुक्रबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय मेडिकल हुँदै न्यूरो अस्पताल बिराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी सिरहा, कर्जन्हा नगरपालिका-३ स्थित सडकमा ज.१ त ६२१६ नम्बरको ट्याक्टरबाट खसेर धनुषा, धनुषाधाम नगरपालिका-२ बस्ने २६ वर्षीय अरुण सदाको शुक्रबार दिउँसो मृत्यु भएको छ । ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको फुलकुमारी मेमोरियल अस्पताल कन्जर्हामा उपचारको क्रममा मृत्यु भएको हो । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी सप्तरी, सुरूङ्गा नगरपालिका-५ कुसहामा मे.१ च ६७८९ नम्बरको पिकअपले स.७ प ८८२३ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-४ बिरनगर बस्ने २४ वर्षीय सुरज कुमार चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सप्तऋषि अस्पताल लहान हुँदै धरान घोपा अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधन र पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी चितवन, भरतपुर महानगरपालिका-६ पारस नगरमा लु.१ च ४४३५ नम्बरको पिकअप भ्यानले प्रदेश २-०३-००६ प ७७६१ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिंदा मोटरसाइकल चालक भरतपुर महानगरपालिका-२३ बस्ने ३७ वर्षीय ज्योती दराईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप भ्यान र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी मकवानपुर, मनहरी गाउँपालिका-९ रजैयामा बा.३ ख ९६६४ नम्बरको मिनीबसले ना.४९ प २४०० नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिंदा मोटरसाइकल चालक चितवन भरतपुर महानगरपालिका-७ बस्ने २९ वर्षीय दिपेन्द्र अधिकारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि चुरेहिल अस्पतलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मिनीबस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी सर्लाहीको ईश्वरपुर नगरपालिका-१३ घाट टोलस्थित भित्री सडकमा प्रदेश २-०३-००१ क ०५६८ नम्बरको टिपरको टक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ३५ वर्षीय राजु पौडेलको शनिबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।