काठमाडौं । मकवानपुर, बाजुरा, पाल्पा, कैलाली, कन्चनपुर र रुकुम (पश्चिम)मा गरी ६ जना मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार मकवानपुरको भिमफेदी गाउँपालिका-८ दोभानस्थित माण्डु हाईड्रोपावरको पानी जम्मा गर्ने हेरोस बकेटमा बागमती खोलाले बगाई ल्याएको अवस्थामाहाल नाम, थर, वतन नखुलेका पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी बाजुराको त्रिवेणी नगरपालिका-८ कालापानीस्थित बुढीगंगा नदीको किनारामा हाल नाम, थर, वतन नखुलेकीअन्दाजी ३ वर्षीया बालिकाको शव मंगलबार फेला परेको छ ।
यसैगरी पाल्पाको तिनाउ गाउँपालिका-३ झुम्सास्थित सामुदायिक भवनको प्रतिक्षालयमा सोही ठाउँ बस्ने २५ वर्षीय ईन्द्र बहादुर लम्तरी मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी कैलालीको भजनी नगरपालिका-७ चर्रा बस्ने ३६ वर्षीय अशोक पासी सोही ठाउँस्थित गणेशमान आधारभूत विद्यालयको नजिकै डुबान भएको स्थानमा माछा मार्न लगाएको पासोमा अल्झिएको अवस्थामा मृत फेला परेका छन् । सोमबार बेलुकी घरबाट बाहिर गएका उनी मंगलबार बिहानमृत फेला परेका हुन् ।
यसैगरी कन्चनपुरको बेलौरी नगरपालिका-४ बजार बस्ने ३८ वर्षीय जोगीराम चौधरी घरदेखिकरिब ५ सय मिटर टाढा खाडलमा जमेको पानीमा मंगलबार मृत अवस्थामा फेलापरेका छन् ।
यसैगरी रुकुम (पश्चिम)को त्रिवेणी गाउँपालिका-५ बस्ने ५५ वर्षीय प्रेम बहादुर घर्तीमगर सोही गाउँपालिका-५ सिम्रुत देखि जिवाङ जाने भित्री सडकमा सोमबार मृतअवस्थामा फेला परेका छन् ।