काठमाडौं । सप्तरी, मोरङ, रौतहट,पाल्पा, दाङमा गरी पाँच जना मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका-१ बेल्ही राजविराज सडकमा हाल नाम, थर, वतन, लिङ नखुलेका अन्दाजी ३५ वर्षीय व्यक्ति आइतबार राति मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी मोरङको रंगेली नगरपालिका-८ स्थित निचामारी चिसाङ खोलाको बगरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष आइतबार राति मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी रौतहटको देवाही गोनाही नगरपालिका-२ मुसहरी टोल बस्ने २१ वर्षीय शंकर माझीले परोहा नगरपालिका-१ जिगडवास्थित आँपको बगौचामा आइतबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । माझी उक्त बगौचामा आँप कुर्न बसेको बुझिएको छ ।
यसैगरी पाल्पाको निस्दी गाउँपालिका-२ सिलमिङ गैराको जंगलमा आनन्दी भन्ज्याङ बस्ने ८२ वर्षीय खडे कानु आइतबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी दाङको मल्लरानी गाउँपालिका-५ बेलडाडा बस्ने २७ वर्षीय दिपक थापा गढवा गाउँपालिका-२ महदेवास्थित राप्ती नदीको महदेवाको पक्कीपुल मुनि आइतबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।
मल्लरानी गाउँपालिका-५ बेलडाडास्थित झीम्रुक खोला तर्ने क्रममा शनिबार उक्त खोलाले बगाई बेपत्ता भई खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।