काठमाडौं । दाङ, मोरङ, सोलुखुम्बु, सुर्खेत, बारा र गुल्मीमा गरी छ जना मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार दाङको शान्तिनगर गाउँपालिका-६ डाँडा तिलवारीस्थित पानीको कुवामा अछाम रामारोसन गाउँपालिका-३ बस्ने २६ वर्षीय सुरज शाह मंगलबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी मोरङको कानेपोखरी गाउँपालिका-३ बस्ने ५० वर्षीय गुलाब चन्द रिषिदेब सोही गाउँपालिकास्थित नहरको डिलमा मंगलबार राति मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी सोलुखुम्बुको दुधकुण्ड नगरपालिका-३ फेरा बस्ने ४० वर्षीया ङिमा शेर्पा सोही नगरपालिका-५ स्थित तामाखानी जाने बाटोमा मंगलबार दिउँसो मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी सुर्खेतको भेरीगंगा नगरपालिका-१३ जोगारी घाटस्थित भेरी नदीमा हाल नाम, थर, वतन नखुलेका करिब ६ वर्षीय बालकको शव मंगलबार दिउँसो फेला परेको छ ।
यसैगरी बाराको पचरौता नगरपालिका-६ पकडियास्थित तियर खोलामा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष मंगलबार राति मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी गुल्मीको रुरुक्षेत्र गाउँपालिका-१ गोलखुलेस्थित सडकमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष मंगलबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।