विराटनगर । झापा र सुनसरीका भिभिन्न स्थानबाट लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको कमल गाउँपपालिका-५ स्थित पाडाजुंगी गौरीगंज सडकखण्डबाट लागूऔषध खैरोहिरोईन ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा झापा खयरवारीका २१ बर्षीय सेरा अली सोही स्थानका २३ बर्षिय अन्नत प्रसाद गणेश र कमल गाउँपपालिका-५ का २० बर्षिय दिपेश थापा रहेका छन ।
उनिहरुलाई आइतबार बेलुका ५ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मोटरसाईकलमा सवार गरी आएका तिनै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनिहरुको साथबाट प्लाष्टिकको पोकामा लुकाई छिपाई राखिएको २८ ग्राम ९७ मिलिग्राम लागूऔषध खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरिएको हो । साथै निजहरुको साथबाट नगद ६ हजार रुपैया ,२ थान मोबाईल र उनिहरु सवार गरी आएको दुई वटा पल्सर मोटरसाईकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यसैगरी सुनसरीको बराहक्षेत्र-८ शेरे चौकबाट दुई जनालाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बराहक्षेत्र-७ पिपलगाछीका २१ बर्षीय अनिल धामी र धरान-१७ का २२ बर्षीय विशाल भुजेल रहेका छन ।
मोटरसाईकलमा सवार गरी आईरहेको अवस्थामा नियन्त्रणमा लिई चेकजाँच गर्दा उनिहरुको साथबाट DIAZALAB- ११, एम्पुल, AVIL- ११ एम्पुल र LUPIGESIC-११ एम्पुल लागूऔषध फेला पारी बरामद गरिएको हो ।
साथै उनिहरु सवार गरी आएको एक थान पल्सर मोटरसाईकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।