काठमाडौं । गोकर्णेश्वर नगरपालिका-६ नयाँबस्तीस्थित सडकमा बा.८१ प १७०३ नम्बर र बा.९४ प५३६७ नम्बरको मोटरसाइकल मंगलबार साँझ ठक्कर खाई दुर्घटना हुँदा बा.९४ प ५३६७ नम्बरको मोटरसाइकल चालक मकवानपुर थाहा नगरपालिका-२ घर भएका २५ वर्षीय सर्जन नेपालीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको दिर्घायु अस्पताल चाबहिलमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका बा.९४ प ५३६७ नम्बरको मोटरसाइकलमा सवार गुहेश्वरी बस्ने बर्दिया घर भएका ३२ वर्षीय राम थारूको सोही अस्पतालमा उपचार भइरहेको छ । बा.८१ प १७०३ नम्बरको मोटरसाइकल चालक सहित दुवै मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलाली, घोडाघोडी नगरपालिका-१ स्थित सडकमा बा.८ च २१०० नम्बरको कारले से.५ प ५७०६ नम्बरको मोटरसाइकल रएक साइकललाई मंगलबार साँझ ठक्कर दिँदा साइकल चालक सोही ठाउँ बस्ने २६ वर्षीया सोर्निमा चौधरी र साइकलमा सवार उनकै छोरा ५ वर्षीय कृष्टल चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको घाडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको हो । से.५ प ५७०६ नम्बरको मोटरसाइकल चालक र सवार २ जनाको गम्भीर अवस्थामा सोही अस्पतालमा उपचार भइरहेको छ । कार र चालक बर्दगोरीया गाउँपालिका-६ बस्ने ४८ वर्षीय राजेन्द्र बहादुर मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी कैलाली, गोदावरी नगरपालिका-४ बुढीतोलास्थित सडकमा सुदूरपश्चिम प्रदेश ०१००८ प.४०३९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई मंगलबार साँझ दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २९ वर्षीय भक्त खनालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी कैलाली,लम्की चुहा नगरपालिका-८ गप्कास्थित सडकमा हाल नम्बर नखुलेको ट्याक्टरले से.७ प ५९०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक सोही नगरपालिका-९ प्रतापपुर बस्ने ४० वर्षीय टेक राज घिमिरेको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको लालरत्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने ट्याक्टरको प्रहरीले खोजी गरिहेको छ ।
सिरहा, धनगढिमाई नगरपालिका-११ छप्रारीस्थित सडकमा ना.३ ख ८८०० नम्बरको ट्याङकरले ना.१ ख २३३८ नम्बरको रोकी राखेको ट्याङ्करलाई मंगलबार राति ठक्कर दिँदा दिँदा २३३८ नम्बरको ट्याङ्कर चालक भारत अररिया बथनाहा बस्ने ३५ वर्षीय मो.निजामको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको आरके मेडिसिटि अस्पताल धनगढी हुँदै थप उपचारको लागि बिराटनगर मोरङतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुबै ट्याङ्कर र ना.३ ख ८८०० नम्बरको ट्याङ्कर सह-चालकलाई प्रहरीले नियन्त्रणमा लिई हाल फरार सोही ट्याङ्करका चालकको खोजी गरिरहेको छ ।
धनुषा, लक्ष्मीनिया गाउँपालिका-३ गजरियास्थित सडकमा ज.१ त ३०४३ नम्बरको बालुवा लोड भएको ट्याक्टरले सोही ठाउँ बस्ने रमेश शर्माको छोरी ३ वर्षीया सम्झना कुमारी शर्मालाई खेलिरहेको अवस्थामा मंगलबार साँझ ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ । टयाक्टर सहित टयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।