काठमाडौं । कालिकोट, नरहरीनाथ गाउँपालिका-१ लालीघाटस्थित सडकमा कर्णाली प्रदेश ०२-००१ ज ००३० नम्बरको जीप अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा जीप चालक रास्कोट नगरपालिका-१ बस्ने ४५ वर्षीय डबल बहादुर साहीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका जीपमा सवार नरहरीनाथ गाउँपालिका-३ बस्ने ५० वर्षीय पुर्ण प्रसाद उपाध्यायलाई उपचारको लागि जिल्ला अस्पताल कालिकोटतर्फ लगिएको छ ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-६ चौघडास्थित सडकमा बा.२ क ७११० नम्बरको ट्रकले अनटेष्ट लेखिएको स्कुटरलाई मंगलबार दिउँसो ठक्कर दिंदा स्कुटर चालक सोही ठाउँ बस्ने ४८ वर्षीय श्याम फुल बलामीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापा, गौरादह नगरपालिका-१ स्थित सडकमा मे.१ त १९३२ नम्बरको ट्याक्टरको चक्काले किच्दा सोही ट्याक्टरका चालक गौरीगंज गाउँपालिका-१ तुलाचन बस्ने २७ वर्षीय जितु राजबंशीको मंगलबार दिउँसो मृत्यु भएको छ । उक्त स्थानमा बिग्रिएको मे.१ त १९३२ नम्बरको ट्याक्टरलाई तानेर लैजाने क्रममा आफूले चलाएको ट्याक्टरको सिटबाट झर्दा चक्काले किचेर गम्भीर घाइते भएका राजबंशीको उपचारको लागि दमक लाईफ लाईन अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुवै सवारी साधन र मे.१ त ४१६१ नम्बरको ट्याक्टरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषा, मिथिला नगरपालिका-११ चुरेस्थित सडकमा बा.४३ प ३८९७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका तुल्सी बस्ने २५ वर्षीय उमेश परियारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शुभ स्वस्तिक अस्पताल बर्दिवासमा उपचारकोक्रममा मृत्यु भएको हो ।
सर्लाही, ईश्वरपुर नगरपालिका-५ फुलजोरस्थित सडकमा ना.८ ख ३०९३ नम्बरको टिपर अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका टिपरका सहचालक सोही नगरपालिका-७ बस्ने २३ वर्षीय सुजन दनुवारको उपचारको लागि जिल्ला अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका टिपरका चालकलाई त्रिदेब अस्पताल रानीगंज सर्लाही हुँदै थप उपचारको लागि न्यूरो अस्पताल वीरगंज रिफर गरिएको छ । उक्त टिपर ना.४ त ४१२५ नम्बरको ट्याक्टरसँग ठक्कर खाई अनियन्त्रित भई दुर्घटना भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।