काठमाडौं । कैलाली, पर्सा, बर्दिया र दोलखाका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।
कैलाली,बर्दगोरिया गाउँपालिका-४ स्थित सडकमा से.१ ख ९४५ नम्बरको ट्रकले सु.प.प्र.०१ ००८ प ४४७४ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार जोशिपुर गाउँपालिका-८ बस्ने२० वर्षीय शेर बहादुर डगौराको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही गाउँपालिका-६ बस्ने ३५ वर्षीय पर्शुराम डगौरालाई उपचारको लागिघोडाघोडी अस्पताल सुख्खड पठाइएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पर्सा,वीरगंज महानगरपालिका-१६ नगवा चौकस्थित सडकमा ना.६ ख २३७२ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५० वर्षीय घनश्यामश्रीबास्तबको मंगलबार बेलुका मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकाउनको नेशनल मेडिकल कलेजवीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।
बर्दिया,राजापुर नगरपालिका-१० मङ्गलपुरस्थित सडकमा भे.५ प ४३३२ नम्बरको मोटरसाइकल र भे.१ च ३४३५ नम्बरको कन्टेनरएक आपसमा ठक्कर खाई मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक राजापुर नगरपालिका-६ महादेउली बस्ने ४५ वर्षीय सोननाथ थारुको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि बर्दिया अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । फरार कन्टेनर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दोलखा,कालिञ्चोक गाउँपालिका-९ सुन्द्रावतीस्थित सडकमा बा.४ ख ४७४४ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट करिब १ सय फिट तलखसेर मंगलबार राति दुर्घटना हुँदा टिपर चालक भिमेश्वर नगरपालिका-१ सुष्पा क्षमावती बस्ने २९ वर्षीय अशोक कुमार थामीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र चरीकोट हुँदै थप उपचारको लागि धुलिखेल अस्पताल काभ्रेतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।