काठमाडौं । बारा, रुपन्देही, बाँके र नवलपरासी (पश्चिम) का विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।
बारा, प्रसौनी गाउँपालिका-२ स्थित सडकमा बा.३० प ४६६१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका बस्ने १८ वर्षीय सुवास पटेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो हस्पिटल बीरगंजमा उपचारको क्रममा मृत्यु भएको छ ।
रुपन्देही, सियारी गाउँपालिका-७ भर्तापुरस्थित सडकमा लु.३ त ८५८५ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने केशब केवटको ३ वर्षीय छोरानिरज केवटको बुधबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाँके, बैजनाथ गाउँपालिका-५ कृष्णकमल कटेजस्थित सडकमा भे.६ प ७२४१ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ५५ वर्षीय दिल बहादुर पुनको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपरासी (पश्चिम), प्रतापपुर गाउँपालिका-७ सूर्यपुरास्थित सडकमा लु.३२ प ३९०६ नम्बर र यूपी ५३ एडी ५११८ नम्बरको मोटरसाइकल एक-आपसमा ठोक्किएर बुधबार राति दुर्घटना हुँदा लु.३२ प ३९०६ नम्बर मोटरसाइकल चालक बर्दघाट नगरपालिका-१५ कुकुरमारा बस्ने ३५ वर्षीय राजन सुनारको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका यूपी ५३ एडी ५११८ नम्बरको मोटरसाइकल चालक भारत कुशिनगर बस्ने ३२ वर्षीय अमितपाल र सुस्ता गाउँपालिका-३ बालुवाटो लबस्ने ८० वर्षीय राम राजापालको शहिदस्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।