Navigation
  • गृहपृष्ठ
  • फिचर
  • नेपाल प्रहरी
    • इतिहास
    • प्रहरी महानिरीक्षकहरू
    • सम्पर्क नम्बर ( ७७ जिल्ला)
  • सशस्त्र प्रहरी
    • इतिहास
    • सशस्त्र प्रहरी महानिरीक्षकहरू
    • अत्यावश्यक नम्बर
  • नेपाली सेना
    • इतिहास
    • प्रधानसेनापतिहरु
    • अत्यावश्यक नम्बर
  • राष्ट्रिय अनुसन्धान
    • इतिहास
    • मुख्य अनुसन्धान निर्देशकहरू
    • समाचार
  • अन्य
    • ब्लग/विचार
    • मल्टिमिडिया
    • दरखास्त/नतिजासम्बन्धी सूचनाहरु
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • हाम्रो टीम
बिहिवार, माघ १५, २०७७
  •  
  • हाम्रो टीम
Hamro Police
  • गृहपृष्ठ
  • फिचर
  • नेपाल प्रहरी
    • इतिहास
    • प्रहरी महानिरीक्षकहरू
    • सम्पर्क नम्बर ( ७७ जिल्ला)
  • सशस्त्र प्रहरी
    • इतिहास
    • सशस्त्र प्रहरी महानिरीक्षकहरू
    • अत्यावश्यक नम्बर
  • नेपाली सेना
    • इतिहास
    • प्रधानसेनापतिहरु
    • अत्यावश्यक नम्बर
  • राष्ट्रिय अनुसन्धान
    • इतिहास
    • मुख्य अनुसन्धान निर्देशकहरू
    • समाचार
  • अन्य
    • ब्लग/विचार
    • मल्टिमिडिया
    • दरखास्त/नतिजासम्बन्धी सूचनाहरु
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • हाम्रो टीम
भक्तपुरमा सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु
सडक दुर्घटना कम गर्न ट्राफिक प्रहरीको ‘टल्कने कोन’ अभियान
प्रविधिमैत्री बन्दै उपत्यकाको ट्राफिक व्यवस्थापन: थप २ स्थानमा ट्राफिक लाईट जडान
मोटर ट्रान्सपोर्ट अफिसर तालिम सुरु
६९ वर्षीया महिलाको हत्या गर्ने दुई जना प्रकाउ
रेड पाण्डाको छालासहित ३ जना पक्राउ
प्रधानमन्त्री ओलीद्वारा नेपाल प्रहरी अस्पतालमा शुभारम्भ भएको कोभिड-१९ खोप केन्द्रको निरीक्षण
ठूलो मात्रामा लागूऔषधसहित ४ जना पक्राउ
६ वर्षीया बालिकालाई भारतमा बिक्री गर्न खोज्ने व्यक्ति पक्राउ
पत्रपत्रिका
  • Home
  • News
  • निर्वाचन सुरक्षा योजना: ९८ हजार म्यादी प्रहरी भर्ना गरिने
निर्वाचन सुरक्षा योजना: ९८ हजार म्यादी प्रहरी भर्ना गरिने
64x64
शनिवार, पुष २५, २०७७ सुरक्षा न्युज
फाइल तस्वीर

काठमाडौं । राज्यका चारवटै सुरक्षा निकाय वैशाख १७ र २७ गते दुई चरणमा हुने प्रतिनिधि सभा निर्वाचनको शान्ति सुरक्षा योजना निर्माण तथा आवश्यक तयारीमा जुटेका छन् ।

गृह मन्त्रालयले सुरक्षा तथा समन्वय महाशाखा प्रमुख सहसचिवको संयोजकत्वमा यसअघि नै एक समिति गठन गरी निर्वाचन केन्द्रित एकीकृत सुरक्षा योजना निर्माण गर्ने सम्बन्धमा तयारी सुरु गरिसकेको छ । मन्त्रालयका अनुसार समितिमा चारवटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन आयोगबाट एक-एकजना उच्च अधिकारी प्रतिनिधिहरू सदस्य रहेका छन् ।

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सुदृढ सुरक्षा व्यवस्था आवश्यक भएकाले निर्वाचन केन्द्रित सुरक्षा योजना निर्माण तथा तयारीलाई प्राथमिकतामा राखिएको गृह प्रवक्ता चक्रबहादुर बुढाले बताए । विगतका निर्वाचनको अनुभव तथा सिकाइसँगै विद्यमान र सम्भावित सुरक्षा चुनौतीको सूक्ष्म विश्लेषण एवं मूल्याङ्कन गरी निर्वाचनका लागि प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन मन्त्रालयले सरोकारवाला सम्बद्ध निकायसँग समन्वय गर्दै आएको जनाएको छ ।

नेपाल प्रहरीले निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राखी उपलब्ध जनशक्ति एवं स्रोतसाधन अधिकतम परिचालन गर्ने गरी ‘निर्वाचन सुरक्षा रणनीति तथा योजना’ बनाउने कार्य भइरहेको जनाएको छ । निर्वाचन शान्ति सुरक्षाको प्रमुख जिम्मेवारी प्रहरीले निर्वाह गर्दै आएको छ । केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने सुदृढ सुरक्षा योजना तथा रणनीति निर्माणको कार्य भइरहेको जानकारी दिए । दुई चरणको निर्वाचनमा कम्तीमा १० हजार प्रहरी मतदान स्थलमा खटिने छन् ।

त्यस्तै मतदान टोली र मतदान स्थलको शान्ति सुरक्षाका लागि प्रहरीसँगै करिब ९८ हजार दुई सय म्यादी सुरक्षाकर्मी भर्ना गरिने प्रहरीले जनाएको छ । प्रवक्ता कुँवरले कार्यालय कुरुवाबाहेक ६५ हजार प्रहरी निर्वाचन सुरक्षामा परिचालन हुने जानकारी दिए । ‘‘विगतका वर्षको निर्वाचनमा सहभागी गराए जति नै म्यादी प्रहरी भर्ना गर्नुपर्ने देखिन्छ,’’ उनले थपे- ‘‘यस विषयमा सम्बद्ध निकायसँग छलफल जारी छ । मतदान केन्द्रहरूलाई सुरक्षाका दृष्टिले सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन चरणमा विभाजन गरेर सुरक्षा व्यवस्था मिलाइनेछ ।’’

यस विषयमा मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सुरक्षा संवेदनशीलताको मूल्याङ्कन र विश्लेषण गरी आवश्यक विवरण पठाउन निर्देशन दिएको छ । प्रहरीका लागि आवश्यक सञ्चार उपकरण, सवारी साधन र हतियारसहितका बन्दोबस्ती सामग्री उपलब्ध गराउने विषयमा छलफल जारी छ ।

मतदान सम्पन्न भएपछि मतपेटिका ढुवानी तथा सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरी बललाई दिने तयारी भएको छ । मतदान स्थल तथा केन्द्रको पहिलो घेरामा प्रहरी बसे पनि त्यसपछिको शान्ति सुरक्षा र ढुवानी सशस्त्र प्रहरी र गस्ती सुरक्षामा सेना खटिने छ ।

सशस्त्र प्रहरी बलले पनि सशस्त्र मुख्यालयदेखि जिल्ला तहसम्म निर्वाचन सुरक्षा सेल गठन गरिसकेको जनाएको छ । सशस्त्र प्रहरी प्रवक्ता राजु अर्यालले मुख्यालयमा सशस्त्र अतिरिक्त महानिरीक्षक, प्रदेशमा डीआईजी र जिल्लामा एसपी र डीएसपीको कमान्डमा निर्वाचन सुरक्षा सेल गठन गरिएको जानकारी दिए ।

निर्वाचन सुरक्षामा परिचालन हुने सुरक्षा जनशक्ति, चुनौती, सुरक्षा उपकरण लगायत विषयमा योजना रणनीति बन्दै छन् ।, याे समाचार आजको गाेरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन् ।

 


प्रकाशित मिति: शनिवार, पुष २५, २०७७, ११:०१:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
घट्यो प्रहरीमा आकर्षण
माघ १४ बाट कोरोना खोप लगाइने, पहिलो चरणमा को-को पर्नेछन् ?
निर्वाचनका लागि नेपाल प्रहरीले माग्यो १२ अर्ब, सशस्त्र खाका बनाउँदै
ललिता निवास प्रकरण: करिब चार सय जनाविरुद्ध मुद्दा चलाउनुपर्ने निष्कर्ष
पत्रपत्रिका
कोरोनाको बहानामा बलात्कार आरोपीलाई उन्मुक्ति, घर पुगेर भोजभतेर
64x64
बुधवार, माघ ७, २०७७ सुरक्षा न्युज
गत मंसिर २६ गते राति चिंगाड गाउँपालिकाकी १५ वर्षीया बालिका छिमेकीबाटै बलात्कृत भइन् । बालिकाका आफन्तले दुई दिनपछि ३० वर्षीय ओमबहादुर रानाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जबरजस्ती करणी मुद्दा दार्ता गरे । प्रहरीले भोलिपल्टै उनलाई पक्राउ गर्यो । पुरा पढ्नुहोस्
पत्रपत्रिका
हरेक दिन १० वर्षमुनिका एक जना बालिकामाथि बलात्कार
64x64
मगलवार, माघ ६, २०७७ सुरक्षा न्युज
नेपाल प्रहरीका अनुसार प्रत्येक दिन औसतमा १० वर्षमुनिका एक जना बालिकाहरु बलात्कारको सिकार बन्ने गरेका छन् । पुरा पढ्नुहोस्
ताजा समाचार
भक्तपुरमा सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु बिहिवार, माघ १५, २०७७ 25
सडक दुर्घटना कम गर्न ट्राफिक प्रहरीको ‘टल्कने कोन’ अभियान
प्रविधिमैत्री बन्दै उपत्यकाको ट्राफिक व्यवस्थापन: थप २ स्थानमा ट्राफिक लाईट जडान
मोटर ट्रान्सपोर्ट अफिसर तालिम सुरु
६९ वर्षीया महिलाको हत्या गर्ने दुई जना प्रकाउ
रेड पाण्डाको छालासहित ३ जना पक्राउ
प्रधानमन्त्री ओलीद्वारा नेपाल प्रहरी अस्पतालमा शुभारम्भ भएको कोभिड-१९ खोप केन्द्रको निरीक्षण
ठूलो मात्रामा लागूऔषधसहित ४ जना पक्राउ
६ वर्षीया बालिकालाई भारतमा बिक्री गर्न खोज्ने व्यक्ति पक्राउ
ब्लग/विचार
पत्रकारिताको फरक कोणमा उदायौं सुरक्षा न्युज
भारतलाई यसरी घेर्दै छ चीन सुरक्षा न्युज
पीडक, पीडित र सामाजिक उत्तरदायित्व सुरक्षा न्युज
अपराध/दुर्घटना
भक्तपुरमा सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु बिहिवार, माघ १५, २०७७
६९ वर्षीया महिलाको हत्या गर्ने दुई जना प्रकाउ बिहिवार, माघ १५, २०७७
रेड पाण्डाको छालासहित ३ जना पक्राउ बिहिवार, माघ १५, २०७७
अन्तर्राष्ट्रिय सुरक्षा
अमेरिकी संसदमा घाइते एक प्रहरीको मृत्यु
नाइजेरियामा सुरक्षा कारबाही, ९ जनाको मृत्यु
काबुलमा बम विष्फोट: वरिष्ठ अफगान अधिकारीको मृत्यु
सम्पर्क

सुरक्षा न्युज नेटवर्क प्रा.लि.

सम्पादक : लोकनाथ भण्डारी
ठेगाना : बानेश्वर काठमाडौं
सम्पर्क नम्बर : +९७७–९८५१२२२९५०
इमेल : [email protected]
विज्ञापनका लागि : ९८४१४४५३७२, ९८५१२२२९५०
सूचना तथा प्रसारण विभाग दर्ता नं. : ...........
हाम्रो टिम
मेनु
  • हाम्रो बारे
  • फिचर
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • राष्ट्रिय अनुसन्धान
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
© SURAKSHYA NEWS - 2021 All rights reserved.
Web Design by : SoftNEP