पर्सा । वीरगंज महानगरपालिका-२१ परवानीपुरबाट करिब १० किलो अवैध लागूऔषध गाँजा सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मकवानपुर राक्सिराङ गाउँपालिका-७ खर्लिङग बस्ने ४३ वर्षीय जय बहादुर गोले, उनकै श्रीमती ३५ वर्षीया बिष्णुमाया तामाङ र मनहरी गाउँपालिका-८ मनहरी बस्ने २८ वर्षीया मुईया परियार रहेका छन् ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।