काठमाण्डौ । महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले विद्युतिय डिभाईस जडिस तास लगायत विभिन्न उपकरणहरू सहित १ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले आइतबार सर्लाही बरहथवा नगरपालिका- ९ घर भई काठमाण्डौ नागार्जुन नगरपालिका-४ सरणपुर बस्ने वर्ष ३६ को निर बहादुर कार्कीलाई पक्राउ गरेको छ ।
प्रहरी कार्कीलाई काठमाण्डौ महानगरपालिका १४ सोल्टी दोबाटोमा बा. ७३ प ५१२२ नम्बरको स्कुटरलाई चेकजाँच गर्दा १२ प्याकेट विद्युतिय डिभाडस जडिस तास र नगद ८० हजार फेला शंकापस्द रूपमा फेला परेको थियो ।
घटनाको अनुसन्धानको क्रममा कार्कीको कोठा खानतलासी गर्दा भारतिय रूपैयाँ नगद ६ हजार, मुक्तिनाथ विकास बैंकको ५ लाखको चेक , बैक अफ काठमाण्डौको ६ लाखको चेक , विभिन्न कम्पनीको मोबाईल १५ थान, डिभाईस जडिस पर्स, बेल्ट, घडी, चस्मा, कपडाको बाउला गरी २५ थान यसैगरी तास ४ बोरा खुल्ला तास १०० बण्डल, JTS 361 लेखिएको डिभाइस ५ बट्टा, CVK लेखिएको डिभाइस २ बट्टा, DK लेखिएको डिभाइस १ बट्टा, इलेक्ट्रिक चुरोट १ बट्टा, डिभाइस रिमोट २४ थान, डिभाइस जडित LED Light १ थान, डिभाइस जडित १००० को नोट ५ थान, पहेलो रंगको इयरपिस १२५ थान, डिभाइस जडित इयरपिस १० थान, Magnet piece ५ थान, चस्मा ४ थान,नडिभाइसको ब्याट्रि १६८ पिस, डिभाइसको ब्याट्रि१२८ लेखिएको २० बट्टा, POWER BANK थान-१, LENS थान-४५, इलेक्ट्रिक help watch १ थान, KO लेखिएको इयरपिस ४ थान, VIBRATOR ६ थान, डिभाइस जडित कालो टिसर्ट १२ थान, डिभाइस जडित सर्ट १५ थान, मोबाइलको ब्याट्रि ५० थान समेत बरामद गरेको छ ।
घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।