काठमाडौं । अवैध लागूऔषधसहित प्रहरीले १३ जनालाई पक्राउ गरेको छ ।
बर्दियाबाट तीन, कञ्चनपुरबाट दुई, बाँकेबाट तीन, मकवानपुरबाट दुई, दाङबाट एक र इलामबाट दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा आयुश बाठा, प्रकाश थारू, प्रताप थारू, वीरेन्द्रबहादुर ऐर, रामबहादुर चन्द, अबिलाल जैसी, हेविन श्रेष्ठ, दिव्याश्री काफ्ले, सुनु विक र रविन लिम्बूलगायत छन् ।
उनीहरूको साथबाट ब्राउनसुगर ९ ग्राम ३९० मिलिग्राम, खैरो हेरोइन ३ ग्राम ५०० मिलिग्राम र चरेस ६ किलो ४० ग्रामसहित कूल ६ किलो ५२ ग्राम ८९० मिलिग्राम लागूऔषध बरामद गरिएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरू र बरामद लागूऔषधका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।