काठमाडौं । सशस्त्र प्रहरी बलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेका १ हजार १५५ जनाको स्वास्थ्य उपचार गरेको छ ।
सशस्त्र प्रहरी बल नेपालको एपीएफ अस्पताल बलम्बुबाट खटिएको चिकित्सकसहितको टोलीले बाढी प्रभावित क्षेत्रको विभिन्न ठाउँमा हेल्थ क्याम्प खडा गरी उनीहरूलाई स्वास्थ्य उपचार प्रदान गरेको हो ।
उक्त अस्पतालबाट विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्यकर्मी टोलीले बाढी प्रभावित क्षेत्रमध्ये रसुवाको टिमुरे, नुवाकोटको आयुर्वेद अस्पताल, व्रिmयापुत्री भवन, पृथ्वी माध्यमिक विद्यालय र कुमलटारस्थित सेतीदेवी आधारभूत विद्यालय, धादिङको गल्छी र काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भदौ १० गतेदेखि नै हेल्थ क्याम्प खडा गरी सेवा प्रदान गर्दै आइरहेको छ ।
उक्त जिल्लाहरूमा हेल्थ क्याम्प खडा गरी सो टोलीले रसुवामा १९ जना, नुवाकोटमा १ हजार ४ जना, धादिङमा २५ जना र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १ सय ७ जनालाई स्वास्थ्य उपचार प्रदान गरेको हो ।
-1788283187.jpg)
बाढीमा परी घाइते भएकाहरूको उपचारको लागि नुवाकोटको व्रिmयापुत्री भवनमा प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक डा. रोशन पराजुली, आयुर्वेद अस्पतालमा प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक डा.गंगाराम खत्री, देवीघाटमा प्राविधिक सशस्त्र प्रहरी निरीक्षक डा.सानु गुरुङ्ग र धादिङको गल्छीमा प्राविधिक सशस्त्र प्रहरी निरीक्षक चन्दन यादव खटिएका छन् भने उक्त क्षेत्रको समग्र कमाण्डको जिम्मेवारी प्राविधिक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक डा.शैलेन्द्र कुमार दुवाल श्रेष्ठले सम्हाल्दै आइरहेका छन् ।
सशस्त्र प्रहरीले बाढी प्रवाहित क्षेत्रमा घाइते भएकाहरूको उद्धार र सहयोगका लागि मास्क क्याजुअल्टी भेइकल समेत परिचालन गरेको छ ।
त्यसैगरी रसुवाको टिमुरेमा प्राविधिक सशस्त्र प्रहरी निरीक्षक डा. सुरेन्द्र भट्टराई र प्राविधिक सशस्त्र प्रहरी निरीक्षक डा. अनिल जोशी खटिएका छन् । काठमाडौंमा प्राविधिक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक डा. रोसु थापा फिल्ड इमर्जेन्सी म्यानेजमेन्ट र प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक डा.आशिष थापा इमर्जेन्सी केस ह्याण्डलिङको लागि खटिँदै आएका छन् ।
साथै सशस्त्र प्रहरीको स्वास्थ्यकर्मी टोलीले काठमाडौ, रसुवा र नुवाकोटको विभिन्न ठाउँमा स्थापना गरिएका होल्डिङ सेन्टरमा रहेका बाढी पीडितहरूको समेत स्वास्थ्य परीक्षण गर्नुका साथै उनीहरूको स्वास्थ्यस्थितीबारे जानकारी लिँदै स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ भने बाढीमा परी घाइते भएकाहरूको उपचारको व्यवस्था मिलाउन नेपाल एपीएफ अस्पताल र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा रहेको ट्रमा सेन्टर समेत तयारी अवस्थामा राखिएको बताइएको छ ।

त्यसैगरी बाढी प्रभावित जिल्लाका होल्डिङ सेन्टरमा बस्ने बाढी पीडितहरूको सहजता र सहयोगका लागि सशस्त्र प्रहरी कर्मचारीहरू क्याम्प कोअर्डिनेसन तथा क्याम्प व्यवस्थापन कार्यमा खटिँदै आएका छन् । त्यस्तै बाढीमा परी मृत्यु भएकाको शव व्यवस्थापन कार्यमा समेत परिचालन भई सशस्त्र प्रहरीले सरोकावाला निकायसँग समन्वय गरी संयुक्त रुपमा सुरक्षित शव व्यवस्थापन गर्दै आइरहेको छ ।
बाढी प्रभावित क्षेत्रका विभिन्न ठाउँहरूमा खोज तथा उद्धारको लागि सशस्त्र प्रहरी बल नेपालले ४ हजार २०० भन्दा बढी सशस्त्र प्रहरी कर्मचारीहरू परिचालन गरेको छ । सो टोलीले बाढीमा परेकाहरूको खोज तथा उद्धार, स्वास्थ्य सेवा, आपतकालीन औषधि उपचार, होल्डिङ सेन्टरको व्यवस्थापन तथा राहत सामग्री वितरण लगायतका कार्यमा समेत निरन्तर रुपमा खटिदै आइरहेको छ ।