काठमाडौं । मनाङको ङिस्याङ गाउँपालिका–४ हुम्डेमा निर्माण गरिएको सशस्त्र प्रहरी बल नेपाल, पर्वतीय उद्धार तालिम शिक्षालय उद्घाटन गरिएको छ ।
गृहसचिव राजकुमार श्रेष्ठले शिक्षालष् उद्घाटन गरेका छन् । सो अवसरमा उनले सोही शिक्षालयमा सञ्चालन गरिएको सि.स. २ उच्च भू–भाग खोज तथा उद्धार तालिम समापन पनि गरेका छन् ।
कार्यक्रममा मनाङ जिल्ला ङिस्याङ गाउँपालिकाका अध्यक्ष, गृह मन्त्रालय विपद तथा द्धन्द व्यवस्थापन महाशाखा प्रमुख, सशस्त्र प्रहरी नायव महानिरीक्षकहरु, मनाङ्ग जिल्लाका प्रमुख जिल्ला अधिकारी, शिक्षालयका समादेशकलगायत सिनियर अधिकृत, जुनियर अधिकृत तथा विल्लादार जवानहरुको सहभागिता रहेको थियो ।
-1778767009.jpg)
२०७७ सालमा मनाङ जिल्ला सदरमुकाममा स्थापना भई २०७८ साल वैशाख देखि ङिस्याङ गाउँपालिका ४ स्थित हुम्डेमा शिक्षालय स्थानान्तरण भएको हो । हालसम्म ७५ जनाले उच्च भू–भाग खोज तथा उद्धार आधारभूत तालिम, ५५ जनाले उच्च भू–भाग खोज तथा उद्धार एडभान्स तालिम र १ सय २० जनाले रोप रेस्क्यु तालिम प्राप्त गरेका छन् ।
शिक्षालयमा सञ्चालन भएका विभिन्न तालिम तथा विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीले मनाङ, मुस्ताङ लगायतका हिमाली जिल्लाहरुमा गत कार्तिक महिनामा हिउँमा फसेका व्यक्तिहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा उद्धार, भारी हिमपातमा फसेका १५ सय नागरिकहरुको सकुशल उद्धार लगायत अवरुद्ध सडकहरु पुन:सुचारु, अलपत्र परेका तथा वेपत्ता भएका व्यक्तिहरुको खोज तथा उद्धार गर्नुका साथै लेक लागेका स्वदेशी तथा विदेशी पर्यटकहरुको उद्धार गरेका छन् ।