काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित २७ जनालाई पक्राउ गरेको छ ।
काठमाडौंलगायत विभिन्न जिल्लाबाट लागूऔषधसहित अन्य विभिन्न सामग्रीसहित उनीहरूलाई पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार काठमाडौं, ललितपुर, कैलाली, झापा, तनहुँ, बाँके, सुनसरी र सिन्धुलीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१५ डल्लु डेरा गरी बस्ने काभ्रे घर भएका २० वर्षीय आशिष तामाङ, काठमाडौं गोकर्णेश्वर नगरपालिका–६ नारायणटार बस्ने मकवानपुर घर भएका ३० वर्षीय अशोक लामासहित ३ जना, भारत बिजनोर बस्ने ३० वर्षीय जमसेद आलम छन् ।
यस्तै, कैलाली कैलारी गाउँपालिका–५ मनिकापुर बस्ने २५ वर्षीय धिरज चौधरी सहित २ जना, कैलाली धनगढी उपमहानगरपालिका–३ बस्ने ३५ वर्षीय किसन बुडाल सहित ८ जना, कैलाली लम्कीचुहा नगरपालिका–१ बसपार्कमा डेरा गरी बस्ने २ जना १८ वर्षीय किशोरलाई पनि पहरीले पक्राउ गरेको छ ।
यसैगरी, कास्की पोखरा महानगरपालिका–३० बस्ने २९ वर्षीय कृष्ण आले, बाँके बैजनाथ गाउँपालिका–३ नौवस्ता बस्ने ३३ वर्षीय ईन्द्र बहादुर थारू र ४१ वर्षीय धुर्ब कुमार थारू, झापा मेचीनगर नगरपालिका–६ बस्ने २८ वर्षीय मिलन कार्की ढोली, सोही नगरपालिका–१३ बस्ने २३ वर्षीय रोहन राजवंशी र सोही नगरपालिका–९ बस्ने ३५ वर्षीय मनिष उप्रेती पनि पक्राउ परेका छन् ।
झापा गाउँपालिका–२ बस्ने २१ वर्षीय समिर प्रसाई, सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका–९ बस्ने २७ वर्षीय श्याम कुमार रजक, ललितपुर गोदावरी नगरपालिका–३ बस्ने २८ वर्षीय उदय तामाङ तथा काठमाडौं नागर्जुन नगरपालिका–४ बस्ने खोटाङ घर भएका २० वर्षीय रोहन खत्रीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरू सबैमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।