काठमाडौं । नेपाल प्रहरीले सञ्चालन गरेको स्वीप अप्रेशनअन्तर्गत गत वैशाख ९ गतेदेखि १६ गतेसम्म देशभरबाट लागूऔषध कारोबारमा संलग्न एक हजार ४४ जनालाई पक्राउ गरेको छ ।
जसमध्ये उपत्यकाबाट ४१ जना, कोशी प्रदेशबाट ५ सय ९३ जना, मधेश प्रदेशबाट ३० जना, बागमती प्रदेशबाट ५१ जना, गण्डकी प्रदेशबाट १४० जना, लुम्बिनी प्रदेशबाट ४२ जना, कर्णाली प्रदेशबाट ८७ जना र सुदूरपश्चिम प्रदेशबाट ६० जना पक्राउ परेका छन् ।
सो अवधिमा अवैध लागूऔषध गाँजा १७६ किलो ५१ ग्राम, चरेस १६ किलो ८०९ ग्राम, हेरोइन १ किलो ३७२ ग्राम, पोलेन १ किलो १४२ ग्राम, नियन्त्रित लागूऔषध डाइजेपाम १ हजार २२४ एम्पुल, फेनारगन १ हजार ४१७ एम्पुल, बुप्रेनोर्फिन १ हजार ७६ एम्पुल, लुपिजेसिक ४१ एम्पुल, ट्रामाडोल ६२ हजार ९५ ट्याब्लेट, नाइट्राभेट २४२ ट्याब्लेट, स्पास्मो १०३ ट्याब्लेट प्रहरीले बरामद गरेको छ ।
लागूऔषध कारोबारलगायत आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी सदैव क्रियाशील रहेको जनाएको छ ।