काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट २४ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं, ललितपुर, झापा, कञ्चनपुर, बर्दिया, जाजरकोट, मोरङ, सिराहा, कैलाली, नुवाकोट, सिन्धुलीलगायत जिल्लाबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्राप्त विवरण अनुसार काठमाडौं महानगरपालिका–१२ टेकुबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ३० ट्याब्लेट सहित काठमाडौं महानगरपालिका–१९ बसन्तपुर बस्ने काभ्रे घर भएका २५ वर्षीय मिलन लामालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
झापाको भद्रपुर नगरपालिका–५ भन्सार चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २० मिलिग्राम सहित बिर्तामोड नगरपालिका–३ सैनिक मोड बस्ने २३ वर्षीय हरि प्रसाद राजबंशीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुरको पुनर्वास नगरपालिका–५ पैसठ्ठी बिघाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम ४ सय ३० मिलिग्राम सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–७ च गाउँ बस्ने २० वर्षीय रोहन तामाङ र सोही नगरपालिका–८ खड्डा बस्ने २२ वर्षीय बिरेन्द्र राना रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले प्रदेश ३–०९२ प १११ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय ९० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ५ ट्याब्लेट सहित ३ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पुनर्वास नगरपालिका–३ बस्ने २४ वर्षीय बिजय गिरी, सोही नगरपालिका–७ च गाउँ बस्ने २१ वर्षीय अमन तामाङ र चितवन भरतपुर महानगरपालिका–१४ शिवनगर बस्ने २४ वर्षीय रोहन विक रहेका छन् । प्रहरी चौकी भुडाँबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०१–०१३ प २६८१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुरकै कृष्णपुर नगरपालिका–९ राजघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय अनिल रानालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ बनपुरूवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ६० मिलिग्राम सहित सोही नगरपालिका–३ बैवाह बस्ने २२ वर्षीय सुनिल चौधरी समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भुडाँ समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
ललितपुरको गोदावरी नगरपालिका–१२ दुरीखेल ठेचोबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ट्याब्लेट सहित सोही ठाउँ बस्ने मकवानपुर घर भएका २८ वर्षीय विवक तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बर्दियाको बढैयाताल गाउँपालिका–७ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय १० मिलिग्राम सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ठाकुरबाबा नगरपालिका–५ बस्ने ३६ वर्षीय पवन श्रेष्ठ र ३० वर्षीय प्रविन कुमार थारू रहेका छन् । प्रहरी चौकी कालिका बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
जाजरकोटको छेडागाड नगरपालिका–५ थलबजारबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ करिब ८ किलो २ सय २५ ग्राम सहित बाँके राप्ती सोनारी गाउँपालिका–१ कुसुम बस्ने ३७ वर्षीय दिपक कुमाल समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बडावन समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङको रतुवामाई नगरपालिका–७ गढीझारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय अमिल लिम्बुलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सिराहाको कल्याणपुर नगरपालिका–११ कल्याणपुर बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ९ सय मिलिग्राम र नगद १७ हजार ६ सय ५० रूपैयाँ सहित सोही नगरपालिका–४ बैरिया डरौल टोल बस्ने २५ वर्षीय अन्जय रायलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
नुवाकोटको लिखु गाउँपालिका–६ छहरेबजारस्थित यस्मोर फेमली होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ६ सय ८० मिलिग्राम सहित ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विदुर नगरपालिका–१० बस्ने ३२ वर्षीय सुमन तामाङ, किस्पाङ गाउँपालिका–१ बस्ने २८ वर्षीय तुलसिङ तामाङ, रसुवा उत्तरगया गाउँपालिका–१ बस्ने २२ वर्षीय चित्र बहादुर तामाङ, सोही गाउँपालिका–४ बस्ने २४ वर्षीय सुवास तामाङ र रसुवा धारापानी बस्ने २४ वर्षीय सुमन मगर रहेका छन् । अस्थायी प्रहरी पोष्ट गुर्जेभन्ज्याङ समेतबाट खटिएको प्रहरीले उक्त होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
कैलालीको गोदावरी नगरपालिका–२ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ सय ७० मिलिग्राम सहित डोटी शिखर नगरपालिका–२ बस्ने २५ वर्षीय कृष्ण दमाईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २५ ग्राम ३ सय ८० मिलिग्राम सहित भारत बिहार राधोपुरग्राम पञ्चायत बस्ने ४५ वर्षीय शंकर जैसवाललाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.४ ख ६३५६ नम्बरको हाईसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।