काठमाडौं । सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरी दिने भनी सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्याउने कार्यमा संलग्न रहेको अभियोगमा १६ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
रौतहट घर भएका ३६ वर्षीय बलबहादुर सुनार समेत ८ जनालाई सानोभर्याङस्थित यातायात कार्यालयबाट र प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१४ कुलेश्वर घर भएका २५ वर्षीय पासाङ तामाङ समेत ८ जनालाई गुर्जुधारास्थित यातायात कार्यालयबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
काठमाडौंस्थित विभिन्न यातायात कार्यालयहरूमा सेवाग्राहीहरूको बिलबुक नवीकरण गरिदिने भनी सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्याउने तथा सेवाग्राहीहरूलाई अनावश्यक दु:ख हैरानी दिने गरेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूको साथबाट नगद १ लाख २२ हजार रूपैयाँ र ५३ थान बिलबुक समेत बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
प्रहरी वृत्त स्वयम्भूले सानोभर्याङ स्थित यातायात कार्यालयबाट पक्राउ गरेका मानिसहरू
१. जिल्ला रौतहट घर भएको वर्ष ३६ को बल ब.सुनार
२. जिल्ला रामेछाप, उमाकुण्ड गाउँपालिका ४ घर भएको वर्ष ३९ को विज्ञान राई
३. जिल्ला काठमाडौं, तारकेश्वर नगरपालिका ९ घर भएको वर्ष ३१ को संजय राजवाहक
४. जिल्ला काठमाडौं, नागार्जुन नगरपालिका १ रानिवन घर भएको वर्ष ३६ को विमल तामाङ
५. जिल्ला रामेछाप, खाँडादेवी गाउँपालिका ७ घर भएको वर्ष ३५ को रमेश कार्की
६. जिल्ला कैलाली, टिकापुर नगरपालिका ९ घर भएको वर्ष ६० को सुमन प्रशाद श्रेष्ठ
७. जिल्ला नुवाकोट, बेलकोटगढी नगरपालिका १२ घर भएको वर्ष ३९ को उद्धब खनाल
८. जिल्ला धादिङ, निलकण्ठ नगरपालिका ५ घर भएको वर्ष ३६ की कल्पना लम्साल
प्रहरी वृत्त थानकोटले गुर्जुधारा स्थित यातायात कार्यालयबाट पक्राउ गरेका मानिसहरू
१. जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका १४ कुलेश्वर घर भएको वर्ष २५ को पासाङ तामाङ
२. जिल्ला काभ्रे, तेमाल गाउँपालिका ८ घर भएको वर्ष ३० को शुनिल लामा
३. जिल्ला काठमाडौं, चन्द्रागिरी नगरपालिका ६ घर भएको वर्ष २३ को सुदिप मगर
४. जिल्ला धादिङ, थाक्रे गाउँपालिका ४ घर भएको वर्ष २० को बुद्ध तामाङ
५. जिल्ला मकवानपुर, थाहा नगरपालिका ९ घर भएको वर्ष २६ को सुमेश नेपाली
६. जिल्ला धादिङ, थाक्रे गाउँपालिका ४ घर भएको वर्ष २४ को अमन तामाङ
७. जिल्ला बझाङ, तलकोट गाउँपालिका ४ घर भएको वर्ष १८ को उज्वल सिंह
८. जिल्ला मोरङ, केराबारी गाउँपालिका ५ घर भएको वर्ष २६ को दिलिप राई