काठमाडौं । सशस्त्र प्रहरी बलले २५औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव)को अवसरमा सञ्चालन गरेको पूर्व–पश्चिम झण्डा मार्च कार्यक्रम समापन गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा आज सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उक्त कार्यक्रम समापन गरेका हुन् ।
सो अवसरमा सशस्त्र प्रहरी बल नेपाल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनी कुमार पोखरेल र नं. ४ बाहिनी मुख्यालय कास्कीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाहले महानिरीक्षक अर्याललाई झण्डा हस्तान्तरण गरेका थिए । सो झण्डा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयस्थित केन्द्रीय संग्राहलयमा राखिने छ ।
-(Medium)-1769448893.jpg)
गत पुस २० गतेदेखि झापाको मेचीनगर नगरपालिका–६ मेची पुल तथा कञ्चनपुरको भिमदत्त नगरपालिका–११ गड्डाचौकी सीमा ईलाकाबाट पूर्व–पश्चिम झण्डा मार्च कार्यक्रम सुरू गरिएको थियो । नेपालको राष्ट्रिय झण्डा र सशस्त्र प्रहरी बल नेपालको झण्डासहित मार्च गर्ने टोलीले एक जिल्लाबाट अर्को जिल्लामा रहेका सशस्त्र प्रहरी कर्मचारीलाई सो झण्डा हस्तान्तरण गरी सो कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।
सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षाको प्रतिबद्धता, सतर्कता र उपस्थिती सशक्त रुपमा प्रदर्शन गर्न, सङ्गठनभित्रको समन्वय, टोली भावना सुदृढ र सीमावर्ती क्षेत्रका नागरिक, स्थानीय तह तथा सरोकारवाला निकायसँग जनसम्पर्क, विश्वास र सहकार्य अभिबृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बलले जनाएको छ ।
-(Medium)-1769448914.JPG)
सशस्त्र प्रहरी बल नेपालले २५औँ वर्षको ऐतिहासिक अवसरलाई स्मरणीय बनाउने तथा देशभर राष्ट्रव्यापी सन्देश फैलाउने उद्देश्यकासाथ पूर्व–पश्चिम झण्डा मार्च गर्न लागिएको तथा झण्डा मार्चले सशस्त्र प्रहरी बल नेपालको इतिहास, योगदान र सीमा सुरक्षाको भूमिका झल्काउने विश्वासकासाथ सो कार्यक्रम सञ्चालन गरिएको थियो ।