काठमाडौं । २५औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) को अवसरमा सशस्त्र प्रहरी बल नेपालले देशभरका इकाईहरुमा विविध कार्यक्रमको आयोजना गरेको छ ।
सशस्त्र प्रहरी बल नेपालले प्रभातफेरी, पूर्व–पश्चिम झण्डा मार्च, अन्तरक्रिया, गोष्ठी, नि:शुल्क स्वास्थ शिविर सञ्चालन, रक्तदान, शिलालेख अनावरण, खाद्यान्न फलफूल वितरण, वक्तृत्वकला तथा निबन्ध प्रतियोगिता, सचेतनामूलक सडक नाटक प्रदर्शन, ब्यानर तथा होर्डिङ्ग बोर्ड, क्विक इम्प्याक्ट प्रोजेक्ट अन्तर्गतका कार्यहरु, सचेतनामूलक कक्षा सञ्चालन, सरसफाई तथा मैत्रीपूर्ण खेल प्रतियोगितालगायतका कार्यक्रम सञ्चालन गरेको छ ।
प्रभातफेरी कार्यक्रम
२५औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव)को पूर्व सन्ध्यामा माघ ८ गते विहान सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा प्रधान कार्यालय हलचोकबाट सुरू भएको प्रभातफेरी कार्यक्रम स्वयम्भुनाथ परिक्रमा पश्चात सोही ठाउँमा पुगेर समापन भएको थियो । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सम्पूर्ण सहभागी सशस्त्र प्रहरी कर्मचारी तथा महानुभावहरुलाई शुभकामना सन्देश समेत दिएका थिए ।
कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रीय अध्यक्ष अनिता लामिछाने अर्याल तथा पदाधिकारीहरु, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, अवकासप्राप्त सशस्त्र प्रहरी महानिरीक्षक तथा अवकासप्राप्त अतिरिक्त महानिरीक्षकहरु, नेपाल पुर्व सशस्त्र प्रहरी संघका अध्यक्ष तथा पदाधिकारीहरु, नायव महानिरीक्षकहरू, सिनियर अधिकृत तथा विल्लादार जवानहरु, नेपाल एपिएफ स्कुलका विद्यार्थीहरु, नेपाल प्रहरी विभिन्न संघ संस्था तथा स्थानिय क्वबहरुको समेत उपस्थिती रहेको थियो ।
-1769095250.jpg)
पूर्व–पश्चिम झण्डा मार्च
झापा जिल्लाको मेची पुल तथा कञ्चनपुर जिल्लाको गड्डाचौकी सीमा ईलाकाबाट ‘पूर्व–पश्चिम झण्डा मार्च कार्यक्रम’ सुरू भएको छ । सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षाको प्रतिबद्धता, सतर्कता र उपस्थिती सशक्त रुपमा प्रदर्शन गर्न, संगठनभित्रको समन्वय, टोली भावना सुदृढ र सीमावर्ती क्षेत्रका नागरिक, स्थानीय तह तथा सरोकारवाला निकायसँग जनसम्पर्क, विश्वास र सहकार्य अभिबृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
मेची र महाकालीबाट हिडेको मार्च टोली आगामी माघ ११ गते पर्सा जिल्लामा रहेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ठोरीमा भेट भई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको उपस्थितीमा सो कार्यक्रम समापन गरिने भएको छ ।
अन्तरक्रिया तथा गोष्ठी
२५औं सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव)को अवसरमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा माघ २ गते सशस्त्र प्रहरी बल नेपालको भूमिका, चुनौती र भावी रणनीतिका बारेमा एक दिने अन्तरक्रिया तथा विचार गोष्ठी सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न भएको गोष्ठीमा हालसम्म गरेका संस्थागत योगदानको समिक्षा र विविध चुनौतीहरूको सामना गर्न भावी रणनीतिको तर्जुमा, संगठनलाई थप प्रभावकारी, व्यावसायिक तथा सक्षम बनाउने उद्देश्य अनुरूप सुरक्षाविद् सीमाविद् विपदविज्ञ पूर्व सुरक्षाकर्मी तथा सम्बन्धित विज्ञहरूको सहभागितामा एक दिवसीय अन्तरक्रिया एवं विचार गोष्ठी सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा २५औँ सशस्त्र प्रहरी दिवसको अवसरमा व्यावसायिक आधारभूत मूल्य दिवस (एपीएफ प्रोफेसनल भ्यालुज डे) सम्बन्धी जनाकारीमूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
-1769095217.jpg)
सशस्त्र प्रहरी बल नेपालमा प्रोफेसनल भ्यालुज डेलाई संस्थागत गर्दै सेवा, नेतृत्व र कार्य सम्पादनलाई उत्कृष्ट बनाउन सम्पूूर्ण सकल दर्जाका कर्मचारीलाई ‘कोर भ्यालु’ को बारेमा ज्ञान दिलाउने उद्देश्यकासाथ यस प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो ।
वार्षिकोत्सवको अवसरमा सप्ताव्यापी कार्यक्रम अन्तर्गत सम्पादक तथा संचारकर्मीहरुसँग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पौष २८ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
सशस्त्र प्रहरी बल नेपालका अधिकृतहरु र सम्पादकहरुबीच भएको अन्तरक्रियामा सशस्त्र प्रहरी बल, नेपालबारे प्रस्तुतीकरण, २५ वर्षे यात्रा, सीमा सुरक्षा, हुल तथा दंगा व्यवस्थापनमा परिचालन, विपद् व्यवस्थापन र राजश्व संकलनमा सशस्त्र प्रहरी बल, नेपालको भूमिका, संचारमाध्यम र सशस्त्र प्रहरी बल नेपाल बीच समन्वय लगायतका विषयमा छलफल भएको थियो ।
मैत्रीपूर्ण फुटबल प्रतियोगिता
सशस्त्र प्रहरी अधिकृत र सञ्चारकर्मीबीच पौष २६ गते मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक काठमाडौंस्थित एपीएफ रंगशालामा सम्पन्न खेलमा सशस्त्र प्रहरी बल नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले टिमको कप्तानी गर्नुभएको थियो भने संचारकर्मीको तर्फबाट दिपक रिजालले टिम कप्तानी गर्नुभएको थियो ।
-1769095192.jpg)
नि:शुल्क स्वास्थ शिविर सञ्चालन
सशस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्म स्याङ्जा र सशस्त्र प्रहरी बल, नेपाल फिल्ड अस्पताल कास्की पोखराको संयुक्त सहकार्यमा वालिङ्ग नगरपालिका–५ स्थित जगतभञ्याङ प्राथमिक स्वास्थ्य चौकीमा १ दिने नि:शुल्क स्वास्थ शिविर सञ्चालन गरेको छ । सोही अवसरमा फिल्ड अस्पताल सुर्खेतका दक्ष चिकित्सकसहितको टोलीले बृद्धाश्रममा रहेका तथा स्थानीय गरी ३५ जना बृद्धहरुको नि:शुल्क स्वास्थ्य परिक्षण गरी औषधी समेत वितरण गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेत तथा फिल्ड अस्पतालले पौष १२ गते बीरेन्द्रनगर नगरपालिका–११ पिपिरास्थित देउती बज्यै मन्दिर दर्शन गर्न आउने दर्शनार्थी तथा स्थानीय वासिन्दाहरुको नि:शुल्क स्वास्थ्य जाँच गरी औषधी समेत वितरण गरेको हो । यसैगरी पौष ७ देखि १७ गतेसम्म एपीएफ फिल्ड अस्पताल कैलालीले दार्चुलाको छाङ्गरु र मालघाट, बझाङ्गको नौरा तथा बाजुराको छेडेहदमा नि:शुल्क स्वस्थ्य शिविर सञ्चालन गरेको थियो ।
-1769095188.jpg)
रक्तदान
२५औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) को अवसरमा नं. २ गण झापाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाको सहकार्यमा माघ ७ गते बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । माघ ८ गते २५औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) को अवसरमा दन्तकाली विशेष कार्य तालिम शिक्षालयको आयोजना र नेपाल रेडक्रस सोसाईटी रक्तसंचार सेवाको समन्वयमा शिक्षालयमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरुले रक्तदान गरेका छन् ।
शिलालेख अनावरण
२५औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) को अवसरमा नं. २ गण झापाले अमर शहिदको स्मरण र सम्मान स्वरुप दमक नगरपालिका ३ बेलडाँगीमा बिरगति प्राप्त सशस्त्र प्रहरी कर्मचारीको शिलालेख अनावरण गरी सम्मान स्वरुप पुष्पा गुच्छा अर्पण गरेको छ । नं.२४ कालिका गण कास्कीले पोखरा महानगरपालिका–१५ स्थित विरगति प्राप्त सशस्त्र प्रहरी सहायक निरिक्षक विष्णु बहादुर कार्कीको स्मारीका निर्माण सम्पन्न गरि सम्मान स्वरुप पुष्पा गुच्छा अर्पण गरेको छ ।
-1769095485.jpg)
खाद्यान्न तथा फलफूल वितरण
वार्षिकोत्सवको अवसर पारेर सशस्त्र प्रहरी बल नेपाल नं.१ बराह वाहिनी मुख्यालय मातहत सशस्त्र प्रहरी बल नेपाल पाथीभरा जवान तालीम शिक्षालय झापाले पौष २५ गते झापा जिल्लाको कमल गाउँपालिका–५ स्थित गुहेश्वरी टोलमा अशक्त र विपन्न घर परिवारका सदस्यहरुलाई खाद्यान्न वितरण गरेको छ ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल नं. ३० बागेश्वरी गण बाँकेले खजुरा गाउँपालिका–७ स्थित सुशिल कोईराला क्यान्सर अस्पतालमा उपचारत विरामीहरुलाई फलफूल वितरण गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतले बीरेन्द्रनगर नगरपालिका–३ स्थित प्रशान्ति बृद्धाश्रममा खाद्यान्न वितरण गरेको छ ।
२५औं सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) को अवसर नेपाल ए.पि.एफ. ठाकोदेवि जोगेन्द्र भगत स्कूल, सप्तरीको आयोजनमा नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपती सशस्त्र प्रहरी नायव महानिरीक्षक कृष्ण ढकालको प्रमुख आतिथ्यमा माघ ७ गते धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका–१२ स्थित मानवसेवा आश्रमका बृद्धबृद्धाहरुलाई भोजन गराइएको छ ।

वक्तृत्वकला तथा निवन्ध प्रतियोगिता
नं. २३ मनकामना गण तनहुँले भानु नगरपालिका–२ स्थित श्री होमराज सोहोनी शारद शिक्षा सदन माध्यमिक विद्यालय छात्रछात्राहरुलाई लागूऔषध, सीमा सुरक्षा र युवा विषयमा वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीले पोखरा महानगरपालिका–५ मालेपाटनस्थित बाराही माध्यमिक बिद्यालयमा निवन्ध प्रतियोगिता सञ्चालन गरी प्रतियोगीतामा उत्कृष्ट छात्रछात्राहरुलाई पुरस्कार तथा खेलकुद सामाग्री वितरण गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. २५ चण्डिका गण पर्वतले कुश्मा नगरपालिका–४ स्थित नारायण माध्यमिक विद्यालयमा अध्ययनरत छात्रछात्राहरुलाई “लागूऔषध, सीमा सुरक्षा र युवा” विषयमा निबन्ध लेखन प्रतियोगिता सञ्चालन गरी उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरेको छ ।
सचेतनामूलक सडक नाटक प्रदर्शन
सशस्त्र प्रहरी बल नेपाल नं. २० गण (विपद् उद्धार) काठमाडौंले काठमाडौं महानगरपालिका–८ देवपतनस्थित पशुपतिनाथ मन्दिरमा क्षेत्रमा रहेको ब्यूटीफुल पार्क र मृगस्थली ईलाकामा सरसफाई गरी सर्वसाधारण तथा दर्शनार्थीहरुको उपस्थितिमा लागुऔषध दुर्व्यसनीसम्बन्धी सचेतनामूलक सडक नाटक प्रदर्शन गरेको छ भने सशस्त्र प्रहरी बल नेपाल नं. २२ गुहेश्वरी गण भक्तपुरको परिसरमा जिल्ला प्रहरी परिसर भक्तपुरले गणमा कार्यरत ८० जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई लागूऔषध दुर्व्यसनी सम्वन्धी चेतनामुलक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुका साथै चाँगुनारायण नगरपालिका–१ स्थित वेशीगाउँ शिवमन्दिरमा लागुऔषध दुर्व्यसनीसम्बन्धी सचेतनामुलक सडक नाटक प्रदर्शन गरेको छ ।
त्यसैगरी गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–१२ स्थित राष्ट्रिय रानीपोखरी आधारभुत विद्यालयका शिक्षक, शिक्षिका तथा विद्यार्थीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नं ३७ गुल्म गुल्मीले लागूऔषध दुर्व्यसनी सम्बन्धी सचेतनामुलक सडक नाटक प्रदर्शन गरेको छ ।
ब्यानर तथा होर्डिङ्ग बोर्ड
२५औं सशस्त्र प्रहरी दिवसकै अवसरमा सशस्त्र प्रहरी बल नेपाल नं. ३० बागेश्वरी गण बाँकेले नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहस्थित यात्रु शाखामा लागुऔषध सम्बन्धी ब्यानर टासेको छ । बीओपी पचुइले कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका–९ दिपाघाट सीमा ईलाकामा लागुऔषध प्रयोग तथा ओसारपसार संम्बन्धमा भएको कानूनी व्यवस्था उल्लेख भएको होर्डिङ्ग बोर्ड लगाएको छ ।
क्विक इम्प्याक्ट प्रोजेक्ट
सशस्त्र प्रहरी बल नेपालको ‘क्विक इम्प्याक्ट प्रोजेक्ट–क्यूआईपी’ अन्तर्गत भानु नगरपालिका र नं. २३ मनकामना गण तनहुँको समन्वयमा भानु नगरपालिका–९ अर्चलधारामा दुईवटा ढुङ्गेधाराको निर्माण गरी समुदायमा हस्तान्तरण गरिएको छ । २५औं सशस्त्र प्रहरी दिवसकै अवसरमा नं.२४ कालिका गण कास्कीले पोखरा महानगरपालिका–५ को सहकार्यमा मालेपाटन विचारी चोकमा ३ वटा ढुङ्गेधाराको निर्माण सम्पन्न गरि समुदायमा हस्तान्तरण गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. १ कञ्चनजंघा गुल्म ताप्लेजुङले कारागार प्रशासक कुलेन्द्र खवासलाई मनोरञ्जन तथा खेलकुद सामाग्रीहरु हस्तान्तरण गरेको छ भने पाँचथर जिल्लाको फिदिम नगरपालिका–१० याङनामस्थित बिपन्न र अशक्त परिवारहरुको लागि सशस्त्र प्रहरी बल नेपाल नं. २ गुल्म. पाँचथर र जनसेवा समाजको सहकार्यमा घर निर्माण गरेको छ ।
सचेतनामुलक कक्षा सञ्चालन
नं. १ श्रीअन्तु गण इलामले इलाम नगरपालिका–७ स्थित श्री आदर्श माध्यमिक विद्यालयमा अध्यनरत छात्रछात्राहरु र युवा रेडक्रस आदर्श माध्यमिक विद्यालयका सदस्यहरुसहितको टोलीलाई आगलागी नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । सुरक्षा बेश बाहुनीले मोरङ्ग जिल्लाको बेलवारी नगरपालिका–९ बाहुनस्थित श्री जनता नमुना माध्यमिक विद्यालयमा अध्ययनरत छात्रछात्राहरुलाई लागूऔषध दुर्व्यसनी सम्बन्धी जनजेतनामूलक कक्षा सञ्चालन गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २३ मनकामना गण तनहुँले भानु नगरपालिका–२ स्थित श्री होमराज सोहोनी शारद शिक्षा सदन माध्यमिक विद्यालय छात्रछात्राहरुलाई लागूऔषध दुरुपयोग तथा दुर्व्यसनी विरुद्ध जनचेतनामूलक कक्षा सञ्चालन गरेको छ । नं. ३२ गुल्म मनाङ्गले ङिस्याङ गाउँपालिका–१ तलेखुस्थित लालिगुरास आधारभूत बिद्यालयका १५ जना छात्रछात्राहरुलाई लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार न्यूनिकरण सम्बन्धी जनचेतनामुलक कक्षा सञ्चालन गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २९ ज्वालामाई गण दाङले राप्ती गाउँपालिका–१ भालुवाङ्गस्थित ने.रा.मा.वि. भालुवाङ्गमा अध्ययनरत छात्रछात्राहरुलाई शितलहरबाट बच्ने उपाय र लागूऔषध नियन्त्रण सम्बन्धी जनचेतनामुलक कक्षा सञ्चालन गरेको छ । नं. २५ चण्डिका गण पर्वतल कुश्मा नगरपालिका–४ स्थित नारायण माध्यमिक विद्यालयमा अध्ययनरत छात्रछात्राहरुलाई विपद् व्यवस्थापन सम्बन्धी जनचेतनामूलक कक्षा सञ्चालन गरेको छ ।
त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिजर्भ लमही दाङ्गले लमही नगरपालिका–७ हसनापुरस्थित श्री अर्जुन माध्यामिक विद्यालयमा अध्ययनरत छात्रछात्राहरुलाई शितलहर, हुस्सु र जाडो मौसमबाट बच्ने उपायहरु सम्बन्धी जनचेतनामुलक कक्षा सञ्चालन गरेको छ भने नं ४२ रिजर्भ गणबाँकेले राप्तीसोनारी गाउँपालिका–८ स्थित शिव शक्ति माध्यमिक विद्यालय पेरानीमा अध्ययनरत छात्रछात्राहरुलाई शितलहरसम्बन्धी जनचेतनामूलक कक्षा सञ्चालन गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल प्युठान गुल्मले प्युठान नगरपालिका–३ सापडाडास्थित शारदा माध्यमिक विद्यालयका छात्रछात्राहरुलाई शीतलहर पूर्व तयारी, हुस्सु तथा शितलहरले पुर्याउन सक्ने असर तथा अपनाउनु पर्ने सावधानीबारे सचेतनामुलक कक्षा सञ्चालन गरेको छ । त्यस्तै सशस्त्र प्रहरी बल नेपाल नं.७ बैद्यनाथ वाहिनी मुख्यालय कैलालीले पौष १७ गते गोदावरी नगरपालिका–१ स्थित दुर्गालक्ष्मी उच्च माध्यमिक विद्यालयमा आगलागी सुरक्षा सम्बन्धी सचेतनामुलक कक्षा सञ्चालन गरेको छ ।
सरसफाई कार्यक्रम
बीओपी सिर्सिया र स्थानिय बासिन्दाहरुको सहभागितामा पर्सा जिल्लाको विरगंज महानगरपालिका–१ छप्कैयास्थित दुर्गामाई मन्दिर ईलाकामा सरसफाई गरिएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण मकवानपुरले हेटौंडा उपमहानगरपालिका–८ स्थित सन्तानेश्वर महादेव धाम परिसरमा रहेका मन्दिरहरु, ऐतिहासिक ढुङ्गेधारा लगायतका संरचनाहरु सरसफाई गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल रोल्पा गुल्म ले रोल्पा नगरपालिका–२ रेउघास्थित गणेश मन्दिर परिसरमा सरसफाई गरेको छ । वार्षिकोत्सवको अवसर पारेर सशस्त्र प्रहरी बल नेपाल नं. ४० गण पिलुवा बाराले जीतपुरसिमरा उपमहानगरपालिका–१६ स्थित सहजनाथ मन्दिरमा सरसफाई गरेको छ ।