काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेका ९२ जनालाई नियन्त्रणमा लिएको छ ।
जसमा संखुवासभाको खाँदबारी नगरपालिका–१ बसपार्क बस्ने ५७ वर्षीय जित कुमार राईले संचालन गरेको खुसुमा होटलमा जुवातास खेलिरहेको अवस्थामा जित कुमार समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७२ हजार ९ सय ३५ रूपैयाँ, १६ थान कौडा र ४ बुक ताससहित पक्राउ गरेको हो ।
त्यस्तै ललितपुरको महालक्ष्मी नगरपालिका–१ रातामकै चोकस्थित काठमाडौं चन्द्रागिरी नगरपालिका–१३ घर भएका ४८ वर्षीय जिवन थापाले संचालन गरेको स्वाद रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा जिवन समेत १० जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८ लाख ७५ हजार १ सय ८५ रूपैयाँ र ८ बुक ताससहित पक्राउ गरेको हो ।
यसैगरी ललितपुरको महालक्ष्मी नगरपालिका–५ टिकाथली बस्ने ३३ वर्षीय सुरेश नापितको घरमा जुवातास खेलिरहेको अवस्थामा सुरेश समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ९४ हजार ५ सय रूपैयाँ र १९ बुक ताससहित पक्राउ गरेको हो ।
त्यसैगरी काभ्रेको बनेपा नगरपालिका–१२ बाँसडोलस्थित घरबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१२ बस्ने ३२ वर्षीय सुमन थापा समेत १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रे र इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३५ हजार ७ सय ३० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।
त्यस्तै सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ ग्वालटारस्थित घरबाट जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका–२ बस्ने ४८ वर्षीय ढाल बहादुर कार्की समेत २४ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खुर्कोट समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ८९ हजार १ सय ६१ रूपैयाँ र १ सय ६४ पत्ती ताससहित पक्राउ गरेको हो ।
त्यसैगरी कास्कीको पोखरा महानगरपालिका–९ नयाँबजार बस्ने ४९ वर्षीय सुरेश शिल्पकारको घरमा जुवातास खेलिरहेको अवस्थामा सुरेश लगायत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ५१ हजार ४ सय ५५ रुपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।
त्यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका–५ बस्ने ५४ वर्षीय हिमराज खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा हिमराज समेत ५ जनालाई दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार १ सय ९५ रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।
त्यसैगरी बाँकेको कोहलपुर नगरपालिका–१५ चौधरीया गाउँ बस्ने ५६ वर्षीय लक्ष्मी प्रसाद बोहराको कुखुरा फर्ममा जुवातास खेलिरहेको अवस्थामा लक्ष्मी प्रसाद समेत ११ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ८८ हजार ६ सय ३५ रूपैयाँ र २० बुक ताससहित पक्राउ गरेको हो ।
त्यस्तै जुम्लाको चन्दननाथ नगरपालिका–१ स्थित घरबाट जुवातास खेलिरहेको अवस्थामा सिंजा गाउँपालिका–५ बस्ने ३६ वर्षीय कुष्ण आरसि लगायत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७९ हजार २ सय ८५ रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।